किन सुनसान छिन् उप–मेयर सुनिता डंगोल !

काठमाडौं — यतिबेला सबैको ध्यान काठमाडौं महानगरपालिका तर्फ छ । मेयर बालेनको चौतर्फी आलोचना हुँदा उप–मेयर सुनिता डंगोलको भने कुनै चर्चा परिचर्चा भएको छैन । एमाले पार्टीबाट टिकट पाएर जित हात पारेकी डंगोलको न आलोचना भएको छ न नै चर्चा । अझ यसरी भनौं सुनिता डंगोल यतिबेला लापता छिन् ।

मेयर बालेनले उचित फोहोर व्यपस्थापन गर्न नसक्दा उप–मेयर सुनिता डंगोल भने यो यतिबेला लुकामारी खेल्दै छिन् जस्तो देखिएको छ । आलोचना यतिबेला बालेन एक्लैले खेप्नु परेको छ ।

महानगरमा बढी नै राजनैतिक हस्तक्षेप हुन थालेको छ । त्यसैले पनि बालेनलाई काम गर्न निकै सकस भएको छ तर सुनिता डंगोल भने यतिबेला पार्टी कुराले हो अथवा अन्य कुराले हो यतिबेला मौन छिन् ।

पार्टीको निर्देशन होकी भन्ने हल्ला पनि जताततै चल्न थालेको छ । ओठमा मिठो मुस्कान बोकेर हिड्ने सुनिता डंगोल आखिर के कारणले लापता र मौन छिन् त ?