यो देशलाई केपी ओली बाहेक अरुले सुधार्न सक्दैनन, ओली फेरि प्रधानमन्त्री बन्नुपर्छ : सुनीता डंगोल

आइतबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित एक कार्यक्रममा उनले देश विकासको कामलाई तीव्र गतिमा लैजान एमाले अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्री बन्नुपर्नेमा जोड दिइन् ।

“समृद्ध नेपाल, सुखी नेपालीको नाराबाट नै म प्रभावित भएको हुँ । फेरि विकासको लहर आउनुपर्छ । नेकपा (एमाले)को नेतृत्वमा सरकार बनाउनुपर्छ । पुनः नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुपर्छ,” उनले भनिन्, “देश विकासमा भएका कामलाई तीव्र गतिमा लैजान सक्छौँ । समृद्ध नेपाल, सुखी नेपालीलाई नारामा होइन, यथार्थमा बदल्न यो आवश्यक छ ।”

आसन्न स्थानीय तह निर्वाचनमा एमालेले ७० प्रतिशत स्थानमा विजयी हासिल गर्नुपर्ने उनले बताइन् । अबको संघीय निर्वाचनबाट एमालेले दुईतिहाइ बहुमत ल्याउनुपर्ने र त्यसको आधार स्थानीय निर्वाचन भएको उनको भनाइ छ ।

यो पनि पढ्नुहोस
पशुपतिनाथ मन्दिरको बारेमा यस्ता रोचक तथ्य जुन सुनेर परिन्छ छक्क !

पशुपतिनाथको मन्दिर काठमाडौँ जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवम् पर्यटकीय दृष्टिले महत्वपूर्ण तीर्थस्थल हो। यो मन्दिर यस संसारमा रहेका २७५ ‘पादल पेत्र स्थलम्’ (शिवको पवित्र स्थान) मध्ये एक मानिदै पनि आएको छ । पशुपतिनाथमा मूख्य रूपमा शिवजीको पूजा हुने गर्दछ। त्यसैले गर्दा नै पशुपतिनाथालाई शैव, शाक्त, वैष्णव, बौद्ध, जौन, गाणपत, नाथ, सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूले समान आस्था र श्रद्धाको दृष्टिकोणले हेर्ने गर्दछन्।

साथै यस क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवम् पूजास्थल अखाडा पनि रहेका छन्। यस मन्दिलाई दर्शनकै निमित्त संसारको बिभिन्न देशहरूबाट दैनिक हजारो भक्तजनहरूको घुइचो लाग्ने गर्दछ ।जन्मदेखि मृत्यु सम्मका सबै संस्कार सम्पन्न गरिने नेपालको यस पावन स्थलको बारेमा केहि रोचक तथ्यहरू फेला परेका छन जुन यस प्रकार रहेका छन ।

१) मन्दिरमा गैर हिन्दुलाई प्रवेश निषेध
यो मन्दिरमा केवल हिन्दु धर्म मान्नेहरू मात्रै प्रवेस गर्न गरका छन । यो मन्दिर हिन्दुहरूको पवित्र तिर्थ स्थल मानिएकोले यहाँ गैर हिन्दुहरूलाई प्रवेश निषेध गरिएको छ । हिन्दुहरूले मात्र यहा पुजाआजा , आरती भजन जस्ता कृयाकलापहरूमा भाग लिन पाउनेछन । जस्तोसुकै महत्वपूर्ण ब्याक्तीहरू किन नहुन तर उनिहरू गैर हिन्दु भएमा उनिहरूलाई समेत प्रवेश निषेध गरिन्छ । त्यसैले आज पनि केयौ बिदेशी पर्यटकहरू उक्त मन्दिरको बाहिरबाटै शिर निहुराएर निस्कने गरेका छन । कुनै एक समयमा भारतीय पूर्व प्रधानमन्त्री राजीव गान्धी पशुपतीनाथ मन्दिरको दर्शनकालागि आएका थिए उनको साथमा सोनीया गान्धी पनि रहेकी थिइन । दर्शन गर्ने समयमा राजिव गान्धीलाई भित्र प्रवेश गर्न दिएपनि सोनीयालार्य बाहिरै रोकीएको थियो । किनकी सोनीया थान्धी हिन्दु थिइनन ।

२ ) प्रतिक्षालयको नाम यसरी भयो ब्युटीफुल प्यालेस
बिश्वको बिभिन्न राष्ट्रहरूबाट आउने पर्यटकहरूलाई सहज होस भन्ने मनसायले स्थापना गरीएको प्रतिक्षालय नै अहिले ब्युटीफुलको नामले प्रचलित छ । त्यो स्थानको नाम कसरी ब्युटीफुल रहन गयो ? गैर हिन्दुहरूलाई मन्दिर भित्र प्रवेशमा प्रतिवन्ध लगाएपछि मन्दिरको ठिक अगाडी बनाइएको प्रतिक्षालयको नाम ब्युटीफुल रहन गयो । साझको समयमा आरती गर्दा र दियोहरू बाल्दा मन्दिर परिषर झिलिमिली भइ बाहिरी स्थान सजिन पुगेको प्रतिक्षालयबाट नजारा गरिरहेका पर्यटकहरूले सोही दृष्यलाई ब्युटिफुल भन्दै तारिफ गरेपछि त्यस स्थानको नाम आज सम्म ब्युटीफुल रहन गएको हो ।

३ ) मुख्य पुजारी भारतकै हुन्छन किन ?
जब नेपालमा लोकतन्त्र स्थापना भइ तत्कालिन माओवादीको नेतृत्वमा सरकार गठन भयो त्यो बेला देखी नै पशुपतिनाथ मन्दिरमा रहेका पुजारीको बिषयमा चर्को बहस भएको थियो । सोही बेलामा भारतीय पुजारी हटाएर नेपाली मुख्य पुजारी समेत सरकारले निर्णय गरेर नियुक्ती गरेको थियो तर पूजारी नियुक्ती गरेकै बिषयलाई लिएर नेपालीहरू आन्दोलनमा त्रउिनुका साथै चौतर्फी बिरोध भएपछि सरकारले आफ्नो निर्णय सच्चयाउदै पुनःभारतिय पुजारी नै नियुक्ती गरेको थियो र सोही निर्णय आज सम्म पनि कार्यानवयनमा चली आएको छ ।

४ ) मुख्य पुजारीको तलब कती ?
मन्दिमा पुजा गर्ने मुख्य पुजारीहरूको तलब कती भन्दा हामी यस्तै १० या २० हजार भनेर सजिलै अनुमान लगाउन सक्छौ तर पशुपतिनाथ मन्दिरमा रहेका मूख्य पुजारीको मासिक तलब मात्रै २ लाख ३५ हजार रहेको छ । यति मात्रै नभएर मुख्य पुजारीको खाना देखी शुरक्षा सम्म राज्यले सबै बन्दोबस्त गरि राखेको पाइन्छ। यहाँ सम्मकी मुख्य पुजारी संगसंगै रहेका तिन सहायक पुजारीहरूको मासिक पारिश्रामिक पनि ६० हजार माथी तोकीएको छ ।

५ ) ११ सय देखी २५ लाख सम्मको पुजा
कुनै धार्मक कार्यकालागि आवश्यक पुजा गर्न पशुपतिमा आउने भक्तजनहरूकालागि बिशेष दररेट सावर्जनिक गरिएको हुन्छ उक्त रेटमा भक्तजनहरूले आफ्नो हैसियत अनुसारको पुजा गराउने गरेको पाइएको छ । पशुपतीनाथ मन्दिरमा अहिलेपनी इच्छा अनुसारको पुजा गराउने गरेका छन । त्यहा सबै भन्दा कम दर रेट ११ सय र बढीमा २५ लाख सम्मको पुजा हुने गर्दछ । त्यसरी जम्मा भएको रकम पूजारीहरूले केही प्रतिशत कमिसन लिने गरेका छन ।

६) दुई प्रकारले हुन्छ पुजा
पशुपतीनाथ मन्दिमा अहिलेपनि दुई तरिकाबाट पुजा हुने गरेको छ । एक बैदिक पदती र अर्को तान्त्रिक पदती दुवै पदतीको पुजा गरेपनि त्यसको कुनै तस्विर एवम भिडियो निकाल्न प्रतिवन्ध लगाइएको छ । त्यसकालागि मन्दिरको पुजा स्थलमा कुनै क्यामेरा या मोवाइल छिराउन शुरक्षाकर्मीहरूले रोक लगाएका छन ।

७ ) पुजामा प्रयोग हुने चन्दन पनि भारतबाटै आउछ
दैनिक हजारौको संख्यामा आउने भक्तजनहरूले गर्ने पुजा आजामा प्रयोग हुने चन्दन भारतबाटै आयात हुने गरेको छ । उक्त चन्दन भारतको महाराष्ट्रबाट आयात हुने काठबाट उत्पादन हुदै आएको छ ।

१०) मन्दिरमा कामधेनूको बास
पौराणिक कथाअनुसार, नेपालमा पर्ने चन्द्रावन हिमालय पर्वत को गुफामा इच्छापूर्ती गरिदिने ‘कामधेनु गाई’ आएर बसेका थिए। कामधेनुले दिनहुँ पर्वतबाट तल झरी माटोमाथि आफ्नो दूध चढाउने गर्थे। यसरी हजारौँ वर्षसम्म पनि कामधेनु गाईले सो ठाउँमा दूध चढाउन थालेपछि एकदिन त्यहाँ वरिपरिका मानिसहरूले के रहेछ भनि खन्दा एउटा सुन्दर चमकदार शिवलिङ्ग भेटेका थिए। त्यसपछि उनीहरूले सो शिवलिङ्गलाई पुजा गर्दै आएका थिए। त्यस स्थललाई नै पछि ‘पशुपतिनाथ’ भनिएको हो भन्ने पनि विश्वास गरिन्छ ।