अशिम कटुवालको ‘तिमी मेरो है सानु’ बजारमा

नेपाली गीत संगीतमा व्यावसायिकता नभएता पनि कयौं कलाकारको त्यागले यस क्षेत्रको सम्वृद्धि भैरहेको छ । यो हुँदा कतिन्जेल सम्म आफ्नो लगानी खन्याउने भन्ने अन्यौलता कलाकारमा उच्च छ । निकै चर्चामा आएका पहिलेका कलाकार अहिले धेरै पलायन भैसकेका छन् । यसरी गुमनाम हुनु भनेको यस क्षेत्रमा नभएको व्यावसायिकता नै हो ।

यस्तो अवस्थामा पनि स्थायी घर दोलखा भएका लोकप्रिय गायक तथा सर्जक अशिम कुमार कटुवालले निरन्तर आफ्नो कर्म गरिरहेका छन् । उनिद्वारा तयार भएका विभिन्न गीत संगीतहरु अशंख्य श्रोता तथा दर्शकहरु माझ आज पनि उत्तिकै लोकप्रिय छन् । अशिमको निरन्तरता र त्यागले पनि हुनसक्छ, अहिले उनि स्टेज कार्यक्रमहरुबाट धेरथोर आफ्नो गीत संगीतमा गरेको लगानी उठाउन सक्ने भएका छन् ।

उनै अशिम कुमार कटुवालको प्रस्तुतिमा पछिल्लो समय लोक दोहोरी गीत “तिमि मेरो है सानु” सार्वजनिक भएको छ ।  उनको यस गीतमा अशिम कुमार कटुवाल र कल्पना पराजुलीको सुमधुर स्वर सुन्न सकिन्छ ।  गीतलाई लय गायक स्वयम् ले भरेका हुन् भने शब्द प्रेम ढुंगानाको रहेको छ ।

अशिम कुमार कटुवाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको यस गीतको म्युजिक भिडियोमा बिजय पुन र जुनु एस डी को आकर्षक अभिनय देख्न सकिन्छ ।  निरेन श्रेष्ठद्वारा निर्देशित भिडियोलाई कोरियोग्राफी नितिन वाइवा, छायांकन चक्र बराल र सम्पादन अमृत चापागाईंले गरेका छन् । गायक तथा सर्जक अशिमले पहिलेका आफ्ना प्रस्तुतिलाई झैं यस गीतलाई पनि अशंख्य श्रोता तथा दर्शकहरुले माया गरिदिनुहुने कुरामा बिश्वास व्यक्त गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला