“उहिलेका भाका” मा काफ्ले र मल्लको जोडदार अभिनय (भिडियो सहित)

महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा तीज विशेष गीतहरु बजारमा आउने क्रम जारी छन् । सोही क्रममा गायत्री भण्डारीको तीज विशेष गीत “उहिलेका भाका” सार्वजनिक भएको छ ।

यस गीतमा चर्चित गायक गायिकाहरु गायत्री भण्डारी, जुनु रिजाल काफ्ले, लक्ष्मी मल्ल, माण्डबी त्रिपाठी, राम चन्द्र काफ्ले, श्रीकृष्ण बम मल्ल, सारिका घिमिरे आदिको स्वर रहेको छ । सो गीतमा श्रीकृष्ण बम मल्लको शब्द, राम चन्द्र काफ्लेको संगीत रहेको छ ।

चर्चित निर्देशक एबम मोडल शंकर बिसिको निर्देशन रहेको गीतमा दुर्गा पौडेलको छायांकन, प्रबिन भट्टको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा सबिता गुरुङ, पल्पसा डंगोल, करिश्मा ढकाल, एरोना मल्ल आदिको अभिनय रहेको छ । यस गीतलाई राम चन्द्र काफ्ले युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

सोही गीतको भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोला ।

 यो पनिः