प्रचण्डलाई बालेनको प्रश्न- ककनीको बाटो नबनाउने मान्छेको घरमा किन बस्नुहुन्छ ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि कडा टिप्पणी गरेका छन् । ककनीको बाटो बिजोक बनाउने ठेकेदारको घरमा प्रचण्ड अंगरक्षक जसरी बसिरहेको उनको आरोप छ ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै साहले यस्तो आरोप लगाएका हुन् ।

उनले लेखेका छन्, ‘श्रीमान् प्रचण्डज्य १ उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।’

प्रचण्ड चर्चित ठेकेदार शारदाप्रसाद अधिकारीको खुमलटारस्थित घरमा बस्दै आएका छन् । थुप्रै विकास आयोजनाहरू अलपत्र पारेको ठेकेदारको घरमा आश्रय लिएको भनेर विगतदेखि प्रचण्डको आलोचना हुने गरेको छ ।