ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाण्डौं :

सर्लाहीको लालबन्दी नगरपालिका ५ रंजितपुरमा हिजो साँझ ट्याक्टर दु र्घ ट ना हुँदा एक जनाको मृ त्यु भएको छ ।

मृ त्यु हुनेमा ट्याक्टरमा सवार स्थानीय ३६ वर्षीय लल्लु माझी मुसर रहेका छन् ।

दु र्घ ट नामा ग म्भी र घा इ ते भएका मुसरको उपचारका क्रममा मलंगवा स्थित प्रादेशिक अस्पतालमा मृ त्यु भएको हो ।

बालुवा लोड भएको ना ५ त ९९७१ नम्बरको ट्याक्टर हिजो साँझ ६ बजे अनियन्त्रित भइ प ल्टिएको थियो । दु र्घ टना पश्चात फरार रहेका ट्या क्ट र चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीले जनाएको छ ।

यो पनि,काठमाण्डाैका मेयरलाई याेगेशकाे सुझाव : फाेहर उठाउन सरकारकाे भर परे तपाईँ असफल हुने निश्चित छ

प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले काठमाण्डाैमा ७१ दिनदेखि फोहर उठ्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभएकाे छ ।

आज आइतवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद भट्टराईले काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहलाई फाेहर उठाउने सन्दर्भमा सरकारको भर नपर्न सुझाव दिनुभयो ।

उहाँले एमाले सहयोग गर्न तयार रहेको भन्दै प्रस्तावसहित एमालेसँग संवादमा आउनका लागि मेयर साहलाई आग्रह पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘यसअघि काठमाण्डाैको फोहर १४ दिनसम्म नउठेको इतिहास छ ।