म चुनाव लड्दिन, युवाहरुलाई चान्स दिन्छुः बाबुराम भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एंम पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफु चुनावमा नलडेर युवाहरुलाई चान्स दिने बताएका छन् ।

उनले आउदो संसदीय चुनावमा आफू नउठेर युवाहरुलाई जिताउन मदत गर्ने बताए ।

हिमालय टिभीको कार्यक्रम यक्ष प्रश्नमा पत्रकार राजेन्द्र बानियासँगको कुराकानीमा उनले भने–‘ म आउदो संसदीय चुनावमा आफु उठ्दिन युवाहरुलाई जिताउन मदत गर्छु । मेरो भित्री मनको कुरा यही हो । मलाई पदको लोभ छैन । अग्रगामी सोच राख्ने एजेन्डा बोकेको साथी तयार हुनुहोस ! म अहिले नै घोषणा गर्न तयार छु ।’

नेपाल समाजवादी पार्टीमा चुनाव अगाडि सम्म अध्यक्ष हुने र चुनाव पछि अभिभावकको रुपमा मात्र रहने बताएका छन् ।

कांग्रेस र कम्युुनिष्ट दुबैको राम्रो गुण लिएर समाजवादीको बाटो जाने बताए ।

उनले यो संविधानलाई स्वीकार गरेर अगाडि जानुपर्छ भन्ने सबै शक्तिसँग सहकार्य, तालमेल गर्नको लागि तयार भएको बताए ।

पत्रकार राजेन्द्र बानियाले अन्तर्वार्तामा सोधेको ‘अघिल्लो चुनावमा कांग्रेसको बुइचडेर चुनाव जितेको डा. बाबुराम यो चोटी कस्ले जिताउछ तिमिलाई ? भन्नेहरुलाई चुनावनै लड्दिन भनेपछि त ! त्यो सकियो नि ?’ प्रश्नको जवाफ दिदै उनले भने– ‘कसैको बुइ चडेर हैन । यो त म भन्छु, चामल र नुन साट्ने चलन हुन्थ्यो पहिली त्यसरी साटेको हो ’ मैले संसदमा जिते उहाँहरुलाई प्रदेशमा जिताएको छु । बराबर भयो ! कसैको बुई चडेको भन्न हुन्छ ? उहाँहरु पनि हाम्रो बुइ चड्नु भयो एउटा काँदमा, हामी पनि एउटा काँदमा उहाँहरुको चडिम ।’

आफुहरुले नयाँ शक्ति बनाउदा केहि समय अभियान आत्मक ढंगले जानुपर्ने मुद्धालाई स्थापित गर्न छिटै आफुहरु पार्टी गठन गरेर चुनावमा गएकोले आफुहरुको गल्ति भएको पनि उनले बताए ।