आफ्नै खुट्टामा अल्झेर नराम्ररी पछारियो पार्टी भन्दै नेम्वाङ गर्जिएपछि, एमालेमा मच्चियो हलचल !

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले गएको स्थानीय चुनावमा आफ्नो पार्टी एमाले आफ्नै खुट्टामा अल्झेर लडेको बताएका छन्। बानेश्वरमा आयोजित खोटाङ–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा नेम्वाङले पार्टी भित्रकै अन्तर्घातका कारण ६० सिट बढी गुमाएको बताउदै एमालेले २०६ स्थानीय तह मात्रै जित्ने अवस्था बन्नुमा अन्तर्घात मुख्य कारण रहेको भन्दै एमाले आफ्नै खुट्टामा अल्झेर आफै लडेको बताएका हुन् ।

‘हामीविरुद्ध अरु दलहरु एक छन् भने हामी एकजुट हुनुपर्ने होइन ?’ बानेश्वरमा आयोजित खोटाङ–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा नेम्वाङले भने, ‘२५०र३०० पार्टीको सदस्य छ, भोट भने २४ आउँछ । हामी आफ्नै खुट्टामा अल्झेको होइन ? नेम्वाङले आगामी चुनावमा त्यस्तो गल्ती हुन नहुने पनि बताएका छन् । नेम्वाङको यस्तो भनाइले आगामिक निर्वाचनमा एमाले भित्रका अन्तर घातिहरुको पहिचान भै कारवाई हुन सक्ने भन्दै एमालेको एक तप्कामा हलचल मच्चिने चर्चा सुरु हुन् थालेको छ।

तर पपुलर मतमा भने एमाले प्रमुख शक्ति बनेको उनले भने । नेम्वाङले नेपाली कांग्रेस भने गठबन्धनबिना एमालेसँग आँखा जुधाएर हेर्न नसक्ने अवस्थामा रहेको टिप्पणी गरेका छन् ।

पञ्चायत अन्त्यपछि कांग्रेस नेता कृष्णप्रसाद भट्टराईको भनाइ सम्झदै नेम्वाङले भने, ‘खुलामञ्चमा किसुनजीले भनेको सम्झछु, मलाई नै एक हजार सिटले पुग्दैन, यो कम्युनिष्टहरुलाई कहाँबाट ल्याएर सिट दिनु ?

एमालेले मिलेर जान गरेको प्रस्तावमा भट्टराईले कम्युनिष्टले १५ सिट जिते खसी काटेर खान भनेको पनि नेम्वाङले सम्झिए । ‘त्यो एक हजार सिटले नपुग्ने कांग्रेस अहिले पाँच दलीय गठबन्धन बिना एमालेसँग आँखामा आँखा जुधाउन सकिदैन भन्दैछ’, उनले भने ।