हँसिया हथौडा बोक्न ७ वर्षपछि बाबुराम माओवादीमा फर्किए !

काठमाडौँ – माओवादी छाडेको ७ वर्षपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष डा: बाबुराम भट्टराईले हँसिया हथौडा बोक्न माओवादीमा फर्किएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराइबीच लामो छलफल भएपछि हँसिया हथौडा चिन्ह बोकेर चुनाव लड्न माओवादीमा फर्किएका हुन् ।

२०७२ साल असोज ९ गते माओवादी पार्टीलाई चर्किएको घरको संज्ञा दिएका बाबुराम कमजोर भएपछि अन्तत्वगत्वा हँसिया हथौडा चुनाव चिन्ह लिएर निर्वाचन लड्न सहमत भएका छन् ।

प्रचण्ड र बाबुरामबीच लामो छलफल गर्दै गएपछि एउटै चुनाव चिन्ह बोकेर निर्वाचन लड्न तयार भएको नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवले बताएका छन् ।

हामी माओवादीको चुनाव चिन्ह हँसिया हथौडा लिएर चुनाव लड्न तयार भएका छौ । अब प्रचण्ड बाबुरामजीको छलफलपछि दुबै पार्टीको बैठकबाट अनुमोदन हुन्छ त्यसपछि समझदारी बन्नेछ’ रातोपाटीसँग कुरा गर्दै यादवले भने, ‘प्रचण्ड बाबुरामसहित अधिकांश नेता हँसिया हथौडा चुनाव चिन्ह लिएर निर्वाचनमा जाने सहमति भइसकेकाले त्यो निर्णय नै बैठकले अनुमोदन गर्नेछ भन्ने विश्वास लिएका छौ ।’

प्रचण्डले बाबुरामलाई माओवादीमै आएर चुनाव लड्ने आग्रह गरेका थिए । बाबुरामले समाजवादी केन्द्र बनाएर एउटै पार्टी र चुनाव चिन्हमा जान सकिने अडान लिएका थिए । अन्ततः बाबुराम माओवादी आउन नसक्ने भएपछि हँसिया हथौडा चुनाव चिन्ह मात्रै लिएर निर्वाचन लड्न तयार भएका छन् ।

बाबुराम हँसिया हथौडा चुनाव चिन्ह लिएर निर्वाचनमा गएपछि उनले समेत आफ्नो निर्वाचन क्षेत्र सुरक्षित गरेका छन् । यो तत्काल कुनै पार्टी एकताको लागी नभएर चुनावी प्रयोजनका लागि चुनाव चिन्हको लागिमात्र माओबादीमा फर्किएको जनाइएको छ।

माओवादीबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले समेत दाबी गरेकाले बाबुराम हँसिया हथौडा चुनाव चिन्ह नै लिएर निर्वाचन लड्ने भएपछि उनलाई सजिलो हुने भएको छ । यस्तै अध्यक्ष यादवसहित नेता गंगानारायण, हिसिला यमी, मानुषी यमी भट्टराई लगायत नेतालाई समेत चुनाव चिन्हले सहज बनाउने देखिएको छ ।

२०७४ सालको दोस्रो संविधानसभा निर्वाचनमा आँखा चुनाव चिन्ह लिएर चुनाव लडेका थिए । त्यतिबेला बाबुरामलाई काँग्रेसले सघाएको थियो । गत वैशाख ३० गतेको स्थानीय चुनावमा छाता चुनाव चिन्ह लिएर गएका थिए । जसपाबाट उपेन्द्रले बाबुराम सहित ९ जनालाई पार्टीबाट निकालेपछि उनी हँसिया हथौडा चुनाव चिन्ह लिएर निर्वाचन लड्न तयार भएका छन् ।