प्रचण्डका लागि ओलीभन्दा झन् कडा बनेर निस्किए भीम रावल, हल्लियो खुमलटार !

काठमाडौं ।

यदि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सबैभन्दा कट्टर र चर्को आलोचक यदि कोही छ भने ती हुन् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । प्रचण्डका पछिल्ला अभिव्यक्तीले प्रचण्डका लागि एमालेका नेता भीम रावल ओलीभन्दा कडा बनेर निस्किएका छन् ।

रावलले नागरिकता विधेयकलाई लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिलाई धम्की दिएको आरोप लगाएका छन् । मंगलबार जापानमा आयोजित एक कार्यक्रममा प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता गरे राम्रो नहुने बताएका थिए ।

एमाले सांसदसमेत रहेका रावलले नेपाल नआएका जापानी पूर्व प्रधानमन्त्री सिन्जोआबेसँग नेपालमा पटक–पटक कुरा गरेको भन्नु अमर्यादित र आपत्तिजनक रहेको बताएका छन् ।

भीम रावलको गर्जनले माओवादी वृतमा तरंग पैदा गरेको छ । साथै प्रचण्डले जापानका एक पूर्वमन्त्रीसँग भेटवार्ता गरेर दुई देशको सम्बन्ध उचाइँमा पुग्ने भन्नु फगत गफ भएको रावलको टिप्पणी छ ।

प्रचण्डले के भनेका थिए जापानमा ? नागरिकतामा विशेष गरेर तराई मधेसका जनताका छोरा छोरीको समस्या प्रवल रहेको छ । त्यस कारण त्यत्रो समस्या समाधान गर्न सरकारले गरेको पहल र सदनले गरेको प्रस्तावलाई राष्ट्रपतीले फिर्ता गर्नुहुन्छ भन्ने विश्वास म गर्नै चाहन्न । उहाँले गर्नु पनि हुन्न भन्ने लाग्छ,उनले भने ।

उनले राष्ट्रपति भण्डारीले नागरिकता विधेयक फिर्ता गरे राम्रो नहुने पनि बताए । फिर्ता गर्नुभयो भने पनि राम्रो हुँदैन, फेरि जान्छ र हस्ताक्षर गर्नैपर्ने अवस्था आउँछ, उनले भने ।

निर्वाचनमा एमालेलाई किन बहुमत दिने पढ्नुहोस प्रधानमन्त्री हुँदा ओलीले गरेका १० कामहरू
अचेल जताततै सरकारप्रति असन्तुष्टिको चर्को आवाज सुनिन्छ। नेपालीहरु वर्षौंदेखि विकासको व्यग्र प्रतीक्षामा छन्। अस्थिर सरकारका कारण अपेक्षित उन्नति हुन नसकेको धेरैको आंकलन थियो। ओली सरकार गठन भएपछि आशा निकै चुलियो। साढे तीन वर्ष देशमा राजनीतिक माहोलले आशाको दियो बालिरहेको थियो । सर्वसाधारण जनता देशमा ‘अब त केही हुन्छ’ भन्न थालेका थिए ।

एकैपल्ट ‘देश कायापलट’ भइहाल्ने होइन। सरकारले बाँडेको समृद्धिको सपना पनि रातारात पूरा भइहाल्दैन। ओली सरकारको साढे तीन वर्षको कार्यकालमा धेरैतिरबाट धारे हात तेर्स्याइएका थिए। यस सन्दर्भमा अर्को प्रश्न पनि छ, के त्यो साढे तीन वर्षमा केही पनि गरेन ओली सरकारले?

अहिले देउवा सरकारका काममाथिको समीक्षा चलिरहेको बेलामा मैले पुर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका केही आशालाग्दा कामलाई सूचीकृत गरेका छु जुन कामको प्रशंसा समेत भएको थियो ।

१. चीनसँग पारवाहन सम्झौता
चीनसँगको व्यापार र पारवाहन सम्झौता नेपालका लागि दीर्घकालिन महत्वको सम्झौता हो। भारतवेष्टित नेपालका लागि चीनसँग सहज पहुँचका लागि यो सम्झौता नेपालको दीर्घकालीन हितका लागि महत्वपूर्ण छ। पारवाहन सम्झौताको प्रोटोकलमा ओलीको पालामा हस्ताक्षर भयो ।

२. शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण
ओली सरकारले युवालाई उद्यम व्यवसाय तिर आकर्षित गर्न शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउने व्यवस्था गरेको थियो। यही योजनालाई मूर्त रुप दिन राष्ट्र बैंकले युवालाई प्रमाणपत्रका आधारमा कर्जा दिने कार्यविधि पनि जारी गर्यो। स्नातक उत्तीर्ण युवाले शैक्षिक प्रमाणपत्रको धितोमा ७ लाख रुपैयाँसम्म ब्याज अनुदानमा कर्जा पाउने व्यवस्था छ।

३. प्रधानमन्त्री रोजगार कार्यक्रम
ओली सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको आरम्भ गरेको हो। बेरोजगार युवालाई रोजगारी दिलाउन सरकारले यो महत्वाकांक्षी कार्यक्रम अघि सारेको हो। न्यूनतम एक सय दिन रोजगारी दिन नसकेमा निर्वाह भत्ता दिने भएको छ।

४. श्रमिकको ज्याला वृद्धि
ओली सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक ३९ प्रतिशत वृद्धि गरेर १३ हजार ४ सय ५० रुपैयाँ निर्धारण गरेको थियो। देशभर लागू हुने गरी नयाँ न्यूनतम परिश्रमिकको आधारमा दैनिक ज्याला ३ सय ९८ रुपैयाँबाट बढाएर ५ सय १७ रुपैयाँ र प्रतिघन्टा ७० रुपैयाँ तोकिएको हो।

५. पर्यटकीय गन्तव्य सूची
ओली सरकारले देशका विभिन्न एक सय वटा पर्यटकीय गन्तव्यको सूची बनायो। नयाँ पर्यटकीय गन्तव्य बनाएर पर्यटक आकर्षित गर्न विभिन्न जिल्लाका एक सय वटा स्थान पहिचान भएपछि आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि सघाउ पुग्नेछ।

६. साना किसानको ऋण मिनाहा
ओली सरकारले कृषि विकास बैंकबाट साझा सहकारीले करिब ३५ वर्षअघि लिएको साना किसानको ऋण मिनाहा गरेर कृषकलाई राहत दिएको थियो। तत्कालीन साझा कृषि सहकारीबाट ऋण लिएको करिब ३० करोड ऋण मिनाहा भएको हो। ऋण मिनाहबाट ६ सयदेखि ७ सय परिवार लाभान्वित भएका थिए।

७. ज्येष्ठ नागरिक स्वास्थ्य बिमा
ओली सरकारले ज्येष्ठ नागरिकका लागि रु १ लाखसम्मको स्वास्थ्य बिमा गर्न नियमावली तर्जुमा गरी नामावली संकलन सुरु गरेको थियो।

८. २०७७ जेठ ७ गते नेपालको नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू-भाग थपेर चुच्चे नक्सा ओलीले सार्वजनिक गरे ।

९. रेल र पानीजहाज चलाउने योजना तत्कालीन सन्दर्भमा हँसीमजाकको विषय भए पनि दीर्घकालिन महत्वको सोच र निर्णय हो।

१०.ओली सरकारले १३० वटा तुइन विस्थापित गरी झोलुङ्गेपुल निर्माण गरेको थियो। (रिजाल प्रखर बक्ता तथा नेकपा एमालेका युवा नेता हुन् ।)