धनीका छोराछोरी पढ्ने निजि विद्यालय सरह सामुदायिक विद्यालयको गुणस्तर बनाउँछौँ: रबि लामिछाने

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले बागमती प्रदेशस्तरीय भेला गरेको छ।
संगठन निर्माण गर्न देश दौडाहामा रहेका लामिछानेले शुक्रबार बागमती प्रदेशस्तरीय भेला हेटौँडामा आयोजना गरेका हुन्।भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले नेपालमा सञ्चालित उद्योगधन्दा, कलकारखाना बन्द गराउने दलगत संयन्त्रको हिसाबकिताब गर्ने चेतावनी दिए।

उनले भने, ‘जब सिमेन्टको माग बढ्छ, जनताको लगानीले चलेको हेटौँडा सिमेन्ट कारखानाको मेसिनहरुको नट बिग्रिन्छन्, र निजी लगानीकर्ताले सिमेन्ट बेचेरै बोनस बाँड्छ। सुन्दा सामान्य लाग्छ तर रहस्य छ, अब सबै हिसाब हुनेछ।’

उनले धनीका छोराछोरीले पढ्ने निजी विद्यालय सरह सामुदायिक विद्यालयको गुणस्तर बनाउने दाबी पनि गरे।
भेलाले बागमती प्रदेश समिति, बागमती प्रदेशमा रहेका विभिन्न जिल्ला र पालिका समितिहरु गठन गर्ने रास्वपाले जनाएको छ।

अहिलेसम्म रास्वपाले गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आफ्नो समिति विस्तार गरिसकेको छ भने ५० हजार भन्दा धेरै साधारण सदस्य अहिले नै आवद्ध भइसकेको रास्वपाका केन्द्रीय सदस्य डिपी अर्यालले बताए।

यो पनि पढ्नुहोश:नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले बुधबार र बिहीबार नुवाकोट क्षेत्र नं १ का बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्।साउन २४ गते राति परेको भीषण वर्षापछि नुवाकोको तादी खोलामा आएको बाढीले दुप्चेश्वर ३ राउतबेशी, तादी ४ सातबिसे र पञ्चकन्या ४ थप्रेक जोड्ने पक्की पुल, पञ्चकन्या २ आप्र र तादी ५ बाहुनवेशी जोड्ने पक्कि पुल, पञ्चकन्या १ को सिमारा फाँट र लिखु ३ सुर्यमति र १ ढिकुरे जोड्ने पक्की पुलहरु क्षतिग्रस्त भएका छन्।

पञ्चकन्या र तादि जोड्ने पुलको क्षति अवलोकन गरेपछि उनले भने, ‘साउन २४ गते राति परेको भीषण वर्षाले नुवाकोट क्षेत्र नं १ मा अकल्पनिय बिनास निम्त्याएको छ। पन्चकन्या र तादी गाउँ पालिका जोड्ने आप्र पूल क्षतिग्रस्त भएको छ। सडक कार्यालय र स्थानीय तहको समन्वयमा भत्किएको पुलको तुरुन्त पुनर्निर्माण गरी आवागमन सुचारु गर्नुपर्दछ। बाढी पहिरो प्रभावित क्षेत्रकालागि थप बजेट उपलब्ध गराउन म सरकारसंग जोडदार माग गर्दछु।’

पूर्वमन्त्री समेत रहेका डा. महतले सातबिसे–थप्रे जोड्ने तादी खोलाको पुलको निरीक्षण गरे।आलो पहिरो नथामिएको र सिमसिम पानी परिरहेको बेलामा बाढी पहिरो प्रभावितसंग प्रत्यक्ष भेट्ने,राहत, क्षतिपूर्ति,पुनस्थापना तथा पुन निर्माणका बारेमा छलफल गर्ने उद्देश्यले बाढी पहिरोग्रस्त क्षेत्रमा डा. महत पुगेका थिए।उनले पहिरोबाट अधिक प्रभावित राउतबेशीको निरीक्षण भ्रमणपछि भनेका छन,बाढीपहिरोले दुप्चेश्वर ३ राउतबेशीमा विनासलिला मच्चाएको छ।

महतले बाढीबाट क्षतिग्रस्त तादी खोलामा निर्मित बुद्धभूमि हाइड्रोपावरको पनि निरीक्षण गरेका थिए। निरीक्षणपछि उनले भने, ‘बाँधस्थल, क्यानल , वरहाउसमा समेत बाढीले क्षति पुर्याएको छ। अहिले उत्पादन बन्द भएको छ। बाढी पहिरोबाट प्रभावित बिद्धुत आयोजना सुचारु गर्न आवश्यक नीतिगत र अन्य सहयोगको ब्यबस्था गर्न म नेपाल सरकारसंग अनुरोध गर्दछु।’बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण र प्रभावित नागरिकहरुको भेटपछि डा. महतले स्थानीय जनप्रतिनिधिहरुसंग राहत, पुनस्थापना र पुनर्निर्माणको बारेमा छलफल पनि गरेका थिए।

उनले स्थानीय जनप्रतिनिधिहरुलाई पहिले पहिरो र बाढीले पुर्याएको क्षतिको यथार्थ विवरण संकलन गर्न, प्रभावितहरुको सूची तयार पार्न र क्षतिग्रस्त भएका संरचनाहरु मध्ये सानातिना र थोरै रकमले हुने मर्मत संभार पालिकाको बजेटबाट सम्पन्न गर्न सुझाव दिए। डा. महतले प्राविधिक सहयोग चाहिने र ठूलो रकम चाहिने संरचनाको हकमा प्रदेश सरकार र संघीय सरकारसंग यथोचित बजेट यथाशीघ्र उपलब्ध गराउन आफूले पनि सक्दो सहयोग गर्ने वचन दिएका थिए।