समीक्षाले अहिले आएर किन यसो गरिन आफ्नो फेसबुकमा ?

नेपाली गायन क्षेत्रमा समीक्षा अधिकारी चलेको नाम हो । लामो समयको ब्रेकपछि उनी पुनः सांगीतिक क्षेत्रमा सक्रिय भएकी छन् । गीत संगीत मात्रै नभएर उनले सामाजिक सञ्जाललाई समेत केही समयका लागि विदा गरेकी थिइन् ।

तर तीज नजिक आएपछि हिजोआज उनी दिनहुँजसो नयाँ–नयाँ गीतमा आवाज दिनमा व्यस्त रहने गर्छिन् । उनले स्वर दिएका गीतहरू युट्युवमा सार्वजनिक समेत भइरहेका छन् । उनले सामाजिक सञ्जालबाट गीत रेकर्डिङका तस्वीर पनि फ्यानका लागि राख्ने गरेकी छिन् । तर पछिल्लो समय उनले फेसबुकमा कमेन्ट लिमिट गरेकी छिन् । समीक्षाको पोष्टमा जो कोहीले कमेन्ट गर्न मिल्दैन् ।

धेरै नकारात्मक कमेन्ट आएपछि उनले फेसबुकमा सीमितले मात्रै कमेन्ट गर्न मिल्ने बनाएकी हुन् । यदि तपाईं सार्वजनिक व्यक्तित्व, सिर्जनाकर्ता वा ब्रान्ड हुनुहुन्छ, आफूलाई सुरक्षित महसुस गर्न सबैका लागि गरिएका पोस्टहरूमा टिप्पणी गर्ने दर्शकहरूलाई सीमित गर्न सक्नुहुन्छ ।