स्कुल बससहित ४ सवारी एक आपसमा ठोक्किए, एक दर्जन बढी घाइते

हेटौंडा । मकवानपुरमा स्कुल बससहित ४ सवारी एक आपसमा ठोक्किएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा- १५ रागोमाटे क्षेत्रमा स्कुलसहित ४ सवारी एक आपसमा ठाेक्किँदा एक दर्जन बढी घाइते भएका छन्। सुरुमा कार र ट्याङ्कर ठोक्किएर दुर्घटना भएकाे र त्यसपछि नजिकै रहेका ट्र्क र स्कुल बस ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुलाई हेटौंडा अस्पतालमा लगिएको छ ।