‘उत्तानो पारेर गठबन्धनलाई पछार्ने हो’-ओली

काठमाण्डौं,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा पाँचदलीय गठबन्धनलाई उत्तानो पारेर पछार्ने दाबी गरेका छन् ।

ललितपुरमा भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालको केन्द्रीय समिति बैठकलाई आइतबार सम्बोधन गर्दै उनले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा हराउने दाबी गरेका हुन् ।

चुनावमा गठबन्धनलाई हराउने दाबी गर्दै उनले कति दलभन्दा पनि कति मत भन्ने कुराले चुनावमा अर्थ राख्ने बताए ।

यो पनि
ट्राफिक प्रहरीले काठमाण्डौ उपत्यकामा एक हप्तामा १७ हजार चार सय ९३ जना चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरूलाई काठमाण्डौ उपत्यका ट्राफिक तथा त्यस मातहतका कार्यालयले कारबाही गरेको हो ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार सबैभन्दा बढी कारबाहीमा पर्ने जाँड–रक्सी खाएर गाडी चलाउने छन् । यही साउन १५ देखि २१ गतेसम्ममा जाँड–रक्सी खाएर गाडी चलाउनेको सङ्ख्या एक हजार ७४ छ ।

ट्राफिक प्रहरी कार्यालयले कारबाहीमा पर्ने चालकको वर्गीकरण गर्दै सूची बनाउने गरेको छ । जाँड–रक्सी खाएर गाडी चलाउने एक हजार ७४, लेन मिच्ने ६ सय ५९, रेड लाइटमा गाडी चलाउने पाँच सय ७४, जथाभाबी रूपमा नम्बर प्लेट बनाउने दुई सय ४२ र अन्य गरी १४ हजार नौ सय ४४ चालकलाई कारबाही गरिएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

तथ्याङ्कअनुसार शुक्रवार जाँड–रक्सी खाएर गाडी चलाउनेको सङ्ख्या सबैभन्दा बढी छ भने सोमवार सबैभन्दा कम छ । शुक्रवार जाँड–रक्सी खाएर गाडी चलाउने दुई सय ३२ तथा सोमवार एक सय १५ चालक रहेका छन् ।