राजनिती गर्न निकै गाह्रो रहेछ : माधव नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीति गर्न निकै गाह्रो भएको बताएका छन् ।

उनले राजनितिक यात्रा सजिलो नभएको बताएका बताउँदै राजनीति सजिलो रूपमा गर्न सम्भव नभएको बताए ।

शुक्रबार ललितपुरमा ‘स्नेहलता : जीवन कथाका पानाहरू’ पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो भएको स्मरण गर्दै अहिले पनि राजनीति गर्ने काम सजिलो नभएको बताएका हुन् ।

अध्यक्ष नेपालले अझै पनि राजनीति सजिलो रूपमा गर्न सम्भव नभएको बताए । राजनीतिमा धेरै चुनौतीको सामना गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष नेपाललेजनताको सेवा गर्ने, समाज परिर्वतन गर्ने र देशको गरिमालाई माथि उठाउने पुराना योद्धाहरुको आचारण अनुरूपमा राजनीतिक उद्देश्य राख्नुपर्ने बताए ।

पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो थियो । राजनीति गर्ने कुरा सजिलो हुँदैन । अहिलेसम्म पनि देखिन्छ । राजनीति सजिलो यात्रा होइन । सजिलो गरी सम्भव छैन । राजनीतिमा धेरै चिजहरुको चुनौती सामना गर्नुपर्छ । तर सबैभन्दा ठूलो कुरा के हो भने राजनीतिकको उद्देश्यजनताको सेवा गर्ने हो,समाज परिवर्तन गर्ने र देशको गरिमालाई माथि उठाउने हो भने त्यहीअनुसारको आचारण हुनुपर्छ,’ उनले भने ।

अध्यक्ष नेपालले पुराना योद्धाहरुबाट प्रेरणा लिन,सम्मान गर्न र उनीहरूको योगदानको प्रशंसा गर्न सकेमात्र इतिहासको कदर गरेको ठहरिने बताए । उनले अहिलेका राजनीतिक नेतृत्वले इतिहासको कदर गर्नसक्यो भने मात्रै भविष्यले वर्तमानको कदर गर्ने उल्लेख गरे ।