राजनीति छाडौं कि भन्ने लाग्छ : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनीति छाड्ने संकेत गरेका छन्। उनले परिस्थितिका कारण मात्रै राजनीति छाड्न नसकेको स्पष्ट पारे।

‘कहिलेकाहीँ त राजनीति छाडौं कि भन्ने लाग्छ। तर परिस्थितिले छाड्न दिएको छैन,’ राजधानीमा आयोजित किताब विमोचन कार्यक्रममा उनले भने।

अध्यक्ष नेपालले मंसिर ४ गते हुने निर्वाचनमा पनि आफू उम्मेदवार बन्नैपर्ने भएको बताए। नउठे डरायो कि भन्ने बुझाइ हुनसक्ने उनको भनाइ छ। ‘मंसिर ४ गते हुने चुनावमा नउठ्ने कुरा पनि भएन। डराएछ कि क्या हो माधव नेपाल भन्ने हुनसक्छ,’ उनले भने।

उनले आगामी निर्वाचनमा जित्नैपर्ने बताए। उनले विजयको शंख बजाएर जनताका बीच आउनुपर्ने बताए