‘प्रचण्ड जस्तो इमान्दार, विकाशप्रेमी देशप्रेमी नेता एसियामै छैन’- रेनु दाहाल

चितवन साउन १८

नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य एवं भरतपुर महानगर पालिकाकी मेयर रेनु दाहालले देशलाई निका र विकास दिने पार्टी नै नेकपा (माओवादी) केन्द्र भएको बताए की छन् ।

मेयर दाहालले देशमा परिवर्तन ल्याउने मुख्य भूमिका माओवादी केन्द्रले नै खेलेको भन्दै देशलाई विकास गर्ने पार्टी नै माओवादी भएको बताइन् । मेयर दाहालले देशमा परिवर्तन ल्याउने भूमिकादेखि सबै क्षेत्रमा माओवादी केन्द्र अन्य पार्टी भन्दा कहीँ पनि तल नपरेको भन्दै उत्साहका साथ अघि बढ्न आग्रह गरिन् ।

देशमा राजतन्त्र फाल्नेदेखि गणतन्त्र स्थापना गर्नेसम्म कामको मुख्य भूमिकामा हामी नै थियौं मुलुक परिवर्तनका लागि हामी नै होमिएका थियौं मेयर दाहालले भनिन्’अहिले पनि यो राष्ट्रलाई संकटबाट माथि उठाउने कामको नेतृत्वदायी भूमिकामा हाम्रो पार्टी छ ।

देशको निर्णायक पार्टी जनताको पक्षमा राष्ट्रको पक्षमा मुलुकलाई हरेक समस्यामा समाधान दिने सक्ने पार्टी भनेकै माओवादी केन्द्र मात्रै भएको मेयर दाहालको दावी थियो । यही उत्साहका साथ सक्रियता पूर्वक पार्टीको काममा लाग्न कार्यकर्ताहरुलाई आग्रह समेत गरिन् ।