रंगशाला बनाउने जिम्मा सरकारलाई सुम्पिएर कमब्याकको तयारीमा धुर्मुस

काठमाडौं :

चर्चित अभिनेता सीताराम कट्टेल कमब्याक’ तयारी मा रहेका छन् । उनी टेलिसिरियलमा फर्किने तयारीमा रहेको बताएको छ । यसका लागि उनले धुर्मुसभन्दा भिन्न पात्रमा काम गरिरहेका छन् ।यसै महिना क्रिकेट रंगशालाको विषय टुंगिने र कलाकारितामा अघि बढ्ने आफ्नो तयारी रहेको धुर्मुसले बताए ।

केही क्यारेक्टर बनाउँदै आएको छु । हामीले तयार गरिरहेका छौं र सार्वजनिक गर्छौं उनले भने । कमर्सियल हिसाबमा फिल्म नै गर्ने कि टेलिफिल्ममा फर्कनेबारे मनस्थिति बनाउँदै गरेको उनले बताए ।

भक्तपुरमा अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन उनले हात हाले पछि हराए जस्तै भएका अब उनी कम ब्याकको तयारीमा आएपछि उनका फ्यानहरु खुशी भएका छन् ।

सीतारामले निर्माण गरेको फिल्म सेन्टीभाइरस सन् २०२० मा रिलिज भएको थियो । । अब भने सीताराम रंगशाला बनाउने जिम्मा सरकारलाई सुम्पिएर फिल्म र टेलिश्रृंखला बनाउने काममा फर्किने तयारीमा आएका हन् ।