‘जोन अब्राहमसँग अन्तरङ्ग दृश्य खिच्दा मज्जा आयो, फेरी काम गर्न चाहन्छु’: दिशा पाटनी

एजेन्सी :दिशा पटानी, जोन अब्राहम, तारा सुतारिया र अर्जुन कपुरको प्रमुख भूमिकामा बनेको फिल्म ‘एक भिलेन रिटर्न्स’ शुक्रबारबाट सिनेमाहलहरुमा प्रदर्शनमा आएको छ।

फिल्मले बक्स अफिसमा सन्तोषजनक सुरुवात गर्ने अपेक्षा गरिएको छ। ‘एक भिलेन रिटर्न्स’ मा जोन अब्राहम र दिशा पटानीबीचको अन्तरङ्ग दृश्य छन्।

हालसालै फिल्मको प्रचारप्रसारको क्रममा दिल्ली पुगेकी दिशा पटानीलाई पत्रकारले जोनसँग अन्तरङ्ग दृश्य खिच्दा सहज महसुस गर्नुभएको थियो भनेर सोधिएको थियो। दिशाले पत्रकारको सवालमा तुरुन्तै जवाफ दिँदै भनिन् – ‘जोन अब्राहमसँग अन्तरङ्ग दृश्य खिच्दा म एकदमै सहज थिए।

जोन, मोहित सर र पूरा टोलीले मलाई सहज महसुस गराउने भरपूर चाँजोपाँजो मिलाएका थिए।’ यससँगै दिशाले जोनसँग फेरि पनि काम गर्न इच्छा व्यक्त गरेकी छिन्।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार दिशाको ह;_ट सिन्समा भारतीय केन्द्रीय फिल्म प्रमाणीकरण बोर्डले कैँची चलाएको छ। यो फिल्म कोरियन फिल्मको रिमेक भएको कुरा पनि अस्वीकार गरिएको छ।

‘एक भिलेन रिटर्न्स’ सन् २०१४ मा रिलिज भएको फिल्म ‘एक भिलेन’ को सिक्वेल हो। एक भिलेनमा सिद्धार्थ मल्होत्रा, श्रद्धा कपूर र रितेश देशमुख मुख्य भूमिकामा देखिएका थिए। यो फिल्मले बक्स अफिसमा राम्रै कमाई गरेको थियो।