तीजमा नाई बाबा नाई भन्दै आए शिब र देविका (हेरिहाल्नुस है भिडियो)

काठमाडौं, १२ साउन |
यो वर्षको हरितालिका तिज पर्व नजिकिँदै गर्दा विभिन्न तिज भाकाहरु बजारमा आएका छन् । यसै क्रममा अग्रज गीतकार शिब हमाल र लोक गायिका देविका केसीको नयाँ तिज भाका नाई बाबा नाई यतीेबेला बजारमा आएको छ ।

यो गीतलाई गायिका देविकाले आफ्नै अफिसियल च्यानल ‘देविका केसी’बाट रिलिज गरेकी छिन् । गीतलाई शिब हमालले लेखेका हुन् । गीतमा संगीत पनि हमालकै रहेको छ । जसमा सुनिल परियारले संगीत संयोजन गरेका छन् ।

आफ्नै साथीको दाई मन परेपछि एक युवतीले ती साथीको दाईलाई राखेको प्रेम प्रस्तावमा यो गीत आधारित रहेको गीतकार हमालले बताए,‘नयाँ पुस्तामा पनि तीज पर्वको महत्व जगाउन र उनीहरुलाई आकर्षित गर्न टिन एजरलाई लक्षित गरेर हामीले यो गीत तयार गरेको हो । गीतले राम्रो प्रतिक्रिया पाएको छ ।’ गीतकार हमालले भने ।

गायिका देविका यतीबेला क्यानडामा छिन् । यो गीत निकै राम्रो बनेको कारण यसपटक आफ्नै च्यानलबाट नाई बाबा नाईको भिडियोलाई रिलिज गरेको देविकाले बताईन् । बिगत डेढ दशकदेखि तीज गीत निकाल्दै आएकी उनले बिगत झै यसपटक पनि तीजलाई लक्षित गरेर यो गीत ल्याएको बताईन् । गीतकार शिब हमालसँग अघिल्लो गीत धनगढी…हिट भएपछि यसपटक फेरी यो मिठो गीत ल्याउने अबसर जुरेको पनि गायिका देविकाले बताईन् ।

यो तीज गीतको भिडियो पनि त्यत्तिकै आकर्षक बनेको छ । यो भिडियोमा गायिका प्रीति आलेको मुख्य अभिनय रहेको छ । उनको नृत्यलाई अहिले दर्शकले निकै मन पराएका छन् । प्रीतिलाई अभिनयमा राजकुमार अधिकारीले साथ दिएका छन् । भिडियोलाई स्मृती तिमिल्सिना (गुरुआमा)ले निर्देशन तथा कोरियोग्राफी गरेकी हुन् ।

प्रकाश धमलाले सम्पादन गरेको यो भिडियोलाई राजेश घिमिरेले खिचेको हुन् । भिडियो गायिका देविका केसी स्वयम् पनि साथीहरुसँग गायिकाको रुपमा प्रस्तुत भएकी छिन् ।

सिन्धुपालचोकको काठ क्षेत्रमा जन्मिए र पूर्वदेखि पश्चिमसम्मका सबै लोक भाका बजारमा ल्याएकी देविका सबै प्रकारका गीत गाउन सक्ने गायिकाको रुपमा लोकप्रिय छिन् । गायन यात्राको यो दुई दशकमा गोल्डेनको सारी…, धनगढीमा किन्याको नयाँ गलबन्दी…, बाजी ठोकम आउ…सहित सैयौं हिट गीतहरु उनले नेपाली संगीत क्षेत्रलाई दिएकी छिन् ।