हे मातृभूमि… मलाई यति धेरै आशिष देऊ कि मैले गरेको असल कार्यको सूचि पढ्दा पढ्दै मेरा विरोधीहरुको केश फुलून् – हर्क साङ्पाङ

सुनसरी । देशकै सर्वाधिक चर्चित धरान उपमहानगर पालिकाका मेयर हुन् हर्क साम्पांग । चुनाव अघि आफुले गरेको प्रतिबद्दता पुरा गर्न खह्रो रुपमा उत्रिएका हर्कले जनताको साथ पनि उतिकै रुपमा पाइरहेका छन् ।

पकुवा खोलाको पानी सर्दुमा झारिसकेपछि अब निशाने खोलाबाट धरानमा पानी ल्याउने भएका छन् .

खानेपानीको साथमा धरानलाई सुन्दर,ब्यवस्थित सहर बनाउनका लागि पनि हर्क लागि परेका छन् ।

मेयर साम्पांगले फेसबुकमा लेखेका छन् –

हे मातृभूमि… मलाई यति धेरै आशिष देऊ कि मैले गरेको असल कार्यको सूचि पढ्दा पढ्दै मेरा विरोधीहरुको केश फुलून् !सन्धिखर्क साना सहरी खानेपानीको अध्यक्षमा रायमाझी निर्वाचित
हरिप्रसाद भुसाल
अर्घाखाँची, ८ साउन/सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाई नगर आयोजना उपभोक्ता मूल संस्थाको अध्यक्षमा एमालेका नेता रामबहादुर रायमाझी निर्वाचित भएका छन् ।

शनिवार राति सम्पन्न निर्वाचनबाट राजेन्द्रकुमार कक्षपती श्रेष्ठलाई २४९ मतले हराउँदै रायमाझी अध्यक्षमा निर्वाचित भएका हुन् ।

शुक्रबारबाट सुरु भएको अधिवेशनमा उद्घाटन सत्र जारी रहँदै जिल्लामा क्रियाशिल ५ राजनीतिक दलले पदाधिकारी तथा सदस्य बाँडफाँड गरेपछि असन्तुष्ट भई श्रेष्ठ स्वतन्त्र उठेका थिए । तर, दलीय प्यानलले जित हात पारेको हो ।

१८ सय मतदाता रहेको खानेपानी समितिमा ६०० अर्थात एक तिहाई मतमात्र खसेको थियो । खसेको मतमध्ये अध्यक्षका लागि ५६५ मत सदर भएकोमा रायमाझीले ४०७ मत प्राप्त गरेका हुन् । श्रेष्ठले १५८ मत प्राप्त गरेका छन् ।

सहसचिव एमालेकी बसन्ता सन्दिप पौडेलले ३८९ मत प्राप्त गर्दा एकीकृत समाजवादीकी नेतृ सुमित्रा मुखियाले १५२ मत प्राप्त गरेकी छन् । खुल्ला सदस्य, महिला सदस्य तथा लेखा समिति संयोजकमा समेत दलीय उम्मेदवार निर्वाचित भए ।