एमाले नेतृत्वको सरकारले देशको पक्षमा काम गर्यो,काँग्रेसले देशलाई कंगाल बनायोः ओली

साउन ६ काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले हाल सम्म २१ वर्ष सरकारको नेतृत्व गर्दा जागिर खाने मात्र काम गरेको भन्दै देशका उद्योग धन्दा निजी क्षेत्रलाई कौडीको भाउमा बेचेर देशलाई कंगाल बनाएको समेत आरोप लगाएका छन् ।

एमालेको नीति अनुसन्धान प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले आफू नेतृत्वको सरकारले पूर्वाधार सहित अन्य देशको पक्षमा काम गरेको दाबी गरे ।

उनले एम अधिकारीको काँग्रेसले खोजी गरीरहेको भन्दै काँग्रेसको विभागमा न्यायधीशहरु सदस्य रहेको समेत दाबी गरे ।

उनले बृद्धभत्ताको उमेर ७० बाट ६८ वर्षमा झार्ने सरकारको निर्णय चुनाव लक्षित मात्र भएको पनि जिकिर गरे ।