हतियार किन्नका लागि पैसा पुग्छ सरकार , तर मल र किताब खरिदका लागि पैंसा पुग्दैन ?

काठमाडौं ५ साउन । नेकपा एमालेका सांसद तथा पुर्व मन्त्री प्रदीप ज्ञवालीले महंगीले जनताको ढाड सेक्दा पनि सरकार मुकदर्शक बनेको आरोप लगाएका छन् ।

आज बिहिबार बसेको संसद बैठकमा विशेष समय लिएर सरकारसँग हतियार किन्न पैसा पुग्छ तर किसानका लागि मल र विद्यार्थीको लागि पुस्तक किन्न पैसा नपुग्ने भन्दै सरकारमाथि खनिएका हुन् ।

यो वर्षको बजेटमा न्यूनतम ज्याला बढाउने काम नभएको बताएका उनले मुद्रास्फिती करिब ९ प्रतिशत पुगेको बताए । ‘आम सर्वसाधारण नागरिकहरु कसरी बाँचिरहेका छन् ? खोइ सरकारको ध्यान गएको । सत्तारुढ दलका नेताहरु मूल्यवृद्धि हुँदा पनि मौन छन् ।’ नेता ज्ञवालीले भने ।

सत्तापक्षका कतिपय नेताहरुको संवेदनहिनताका कारण असाध्यै आहात तुल्याएको भन्दै गुनासो गरेका उनले हंगी सन्दर्भमा गम्भिरतापूर्वक रुलिङ हुनु पर्नेमा जोड दिएका छन् ।

‘हतियार किन्नका लागि पैसा पुग्छ तर, मल र किताब खरिदका लागि पैंसा पुग्दैन सभामुख महोदय, अभावबाट जनता आक्रान्त छन् । सिन्डिकेट छ, कार्टेलिङ छ । कार्टेलिङलाई तत्काल अन्त्य गर्न जरुरी छ’उनले भने।