प्रमाणित भयाे प्रचण्ड विश्वकै सर्वाेच्च नेता हाे – पत्रकार ऋषी धमला

काठमाडौँ — सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने बताएका छन् । उनकाे याे भनाइ यतिवेला भाइरल भएकाे छ । विभिन्न स्तरमा व्यापक वहस भएकाे छ ।

भारत भ्रमणमा रहेका अध्यक्ष दाहालले फाउन्डेशन फर पब्लिक अवार्नेस एण्ड पोलिसीले शनिबार नयाँदिल्लीमा आयोजना गरेको एक कार्यक्रममा यस्तो बताएका हुन् । उनकाे याे अभिव्यक्ती राष्ट्रवाद झल्किने भन्दै नेपालीहरुले सम्मान गरेका छन ।

यस क्रममा उनले कूटनीतिक संवादमार्फत् दुई मुलुकबीचमा देखिएका समस्या समाधान गरेर जान पनि सो सन्धिको पुनरावलोकन गर्न ढिलाइ गर्न नहुने बताए । यसरी भारतमा गएर सन्धी नै पुनरावलाेकन गर्नुपर्छ भन्ने नेपालका नेतहरु मध्ये पहिलाे बनेका छन प्रचण्ड ।

साथै त्यस अवसरमा उनले नेपाल–भारत प्रवुद्ध समूहले तयार पारेको प्रतिवेदनलाई दुई मुलुकबीचको सम्बन्धमा अझ प्रगाढ बनाउने गरी ग्रहण गरेर अघि बढनुपर्ने पनि स्पष्ट पारेका थिए । अध्यक्ष दाहालले नेपाल–भारतबीचको सम्बन्ध परापूर्वकालदेखि नै प्रगाढ रहेको उल्लेख गर्दै त्यसमा कुनै समस्या आए कूटनीतिक सम्वादको माध्यामबाट समाधान गर्दै अघि बढ्न सकिने बताए ।

अध्यक्ष एवं पूर्वप्रधानमन्त्री दाहालले नेपालको कृषि, पूर्वाधार, पर्यटनमा लगानी बढाउन पनि भारतसँग आग्रह गरेका थिए । उनले नेपाल सरकारले निर्यातजन्य उद्योगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै त्यसमा लगानी गरेर पनि उच्च प्रतिफल लिन सकिने अवसर रहेको धारणा राखेका थिए ।

उनकाे बाेल्ड निर्णयकाे नेपालका विभिन्न क्षेत्रका कार्यरत सबैले एक असल नेतामा हुनुपर्ने र याे विषय उठाउनै पर्ने तर्क राखेका छन । नागरिक समाज, कलाकार, सामाजिक अगुवा, पत्रकारहरुले पनि याे विषयलाई महत्वका साथ बुझेका छन ।

भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा अध्यक्ष दाहाल शुक्रबार भारत भ्रमणमा गएका हुन् । यस क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनले शनिबार नै भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरिसकेका छन् । भारत भ्रमणलाई लिएर प्रतिपक्ष र सत्तापक्ष सबैले सकारात्मक रुपमा प्रतिक्रिया दिएका छन ।

भारत भ्रमणका कुरा चल्दा केही नकारात्मक कुरा भएता पनि प्रचण्डले भेठवार्तामा उठाएका महत्वपुर्ण कुराहरुले गर्दा देशले नै राहत महसुस गरेकाे हाे । यस बारमा विभिन्न क्षेत्रमा वहस पनि शुरु भएकाे छ ।

मैले प्रचण्डलाई राम्रो संग चिनेको र जानेको छु। उनी दक्षिण एशियाकै राजनेता हुन प्रचण्ड बिना अरुले देश बनाउन सक्दैनः ऋषि धमला

काठमाडौँ । प्रत्रकार ऋषि धमलाले नेपाल कम्युनिस्ट पार्टी का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाहेक अरू कसैले देश बनाउन नसक्ने बताएका छन् । राजधानीको एक देशभक्त गणतान्त्रिक मञ्चले आयोजना गरेको एक विशेष समारोहमा प्रत्रकार तथा सञ्चारकर्मी ऋषि धमलाले हाम्रो देशमा क्रान्ति र शान्तिको नेतृत्व एकैचोटी यदि विश्वमा कसैले गरेको छ भने त्यो प्रचण्डले गरेको र आफूले प्रचण्ड लाइ राम्रो सँग चिनेको र बुझेको र जानेको समेत बताएका थिए।

धमलाले प्रचण्डको तारिफ गर्नुमा आफ्नो कुनै स्वार्थ नभएको समेत उल्लेख गरे। उनले नेपाली नेताहरूमा प्रचण्ड सफा हृदय भएको नेता भएको बताउँदै अब नेपालको विकास र समृद्धिको नेतृत्व गर्ने दायित्व प्रचण्डकै काँधमा भएको धारणा राखे ।

यस्तो छ धमलाले प्रचण्डबारे बोलेका शब्दः अध्यक्ष प्रचण्ड विलक्षण प्रतिभा भएको व्यक्ति हुन् । हाम्रो देशमा क्रान्ति र शान्तिको नेतृत्व एकैचोटी यदि विश्वमा कसैले गरेको छ भने त्यो प्रचण्डले गरेको छ । हामीले प्रष्टरुपमा भन्नुपर्छ नेपाली राजनीतिमा उहाँमा जुन किसिमको क्षमता, दुरदर्शिता र अध्ययनशीलता छ र जनताको मनमा बस्न प्रचण्ड सफल हुनुभएको छ । नेपाली राजनीतिमा मैले प्रचण्डलाई चिनेको, जानेको र बुझेको छु । प्रचण्डको मन एकदमै सफा छ । प्रचण्ड सही हिँड्दै हुनुहुन्छ ।

प्रचण्ड जनताको दुस्ख देख्न सक्नुहुन्न । गणतन्त्र, संघीयता, समावेशीता, देश र जनताको कुरा गर्दा त्यतिखेर साँच्चीनै प्रचण्डले सशस्त्र जनयुद्ध नगरेको भए हाम्रो देशमा यति छिट्टै राजनीतिक चेतना आउने थिएन । किनभने मैले यसमा धेरै बहस गरेको छु । चौध वर्षको उमेरमा कृष्णप्रसाद भट्टराईको अन्तर्वार्ता लिने पत्रकार हो ऋषि धमला । प्रचण्ड भूमिगत जीवनबाट सार्वजनिक हुँदा पनि पहिलो अन्तर्वार्ता मैले नै गरेको थिएँ ।

उहाँ जस्तो दुरदर्शी राजनेताले हाम्रो देशलाई विकास र समृद्धिको युगमा पुर्याउनुपर्छ । तपाई दक्षिण एशियाकै राजनेता हो । प्रचण्ड जीले राजनीतिक क्रान्ति पनि गर्नुभयो । सशस्त्र द्वन्द्व पनि गर्नुभयो । गिरिजाप्रसाद कोइरालासँग सम्झौता गरेर साँच्चीकै गणतान्त्रिक नेपालको परिकल्पना गरेर संविधानसभाबाट संविधान ल्याएर नेपालको वामपन्थीलाई एक बनाएर आज नेकपाको अध्यक्ष भएर आउनुभएको छ । प्रचण्ड जी राजनैतिक क्रान्ति सफल भयो अब कहिले हुन्छ आर्थिक क्रान्ति कहिले हुन्छ ?

यी यावत प्रश्नहरु म सँधै गर्ने गर्छु । मलाई विश्वास छ प्रचण्डजी आज हाम्रो देशमा नेताको खडेरी परिरहेको अवस्थामा तपाईले मात्र यो देशमा विकास र समृद्धि गर्न सक्नुहुन्छ । तपाई नै एउटा दुरदर्शी नेता हो ।तपाईले जसरी क्रान्ति गरेर राजनीतिक रुपान्तरण गर्नु भएको थियो, त्यसरी नै आर्थिक क्रान्ति गरिदिनुस् । हाम्रो देशमा जनता यति लालायित छन्, जनता यति आतुर छन् अब तीन करोड जनताले मन पराएको तथा विश्वले हेर्ने गरेको प्रचण्डले आर्थिक क्रान्ति गरिदिनुस् । मैले धेरै प्रशंसा गरेको होइन ।

प्रचण्डजी प्रधानमन्त्री हुँदा म मन्त्री हुन्न । तपाईहरुलाई थाहा छ म पत्रकार नै हो । कुनै स्वार्थ छैन । उहाँ दोस्रो पटक प्रधानमन्त्री बनेपछि भारत जानुभयो । त्यसबेलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिनपिङको बीचमा बसेर अब नेपालमा विकास गर्नुपर्छ भन्ने व्यक्ति हुन् प्रचण्ड । र, प्रचण्डजी हाम्रो देशको ठूलो रोग भनेको भ्रष्टाचार हो । त्यसलाई तपाईले जरैदेखि उखेलेर फाल्नुस्, तीन करोड नेपाली तपाईको साथमा हुनेछन् ।