श्रीमानसँग झगडा भएपछि माइतीबाट चोर बोलाएर आफ्नै घरमा ४० लाख चोरी !

काठमाडौं । राजस्थानको दौसामा श्रीमानसँग मनमुटाव भएपछि एक महिलाले घरमै चोरी गरेकी छन् । महानगरको गिरिराज धरान मन्दिर नजिकै १७ लाख ५० हजार र करिब आठ लाखको गरगहना (कूल नेपाली ४० लाख रुपैयाँ) चोरी भएको जानकारी प्रहरीले पाएको थियो ।

अनुसन्धानपछि प्रहरीले अचम्मको सुराग पाएको छ । अनुसन्धान अघि बढेपछि श्रीमानसँग झगडा भएकाले घरकी श्रीमतीले नै चोरी गरेको प्रहरीलाई थाहा भयो । चोरीका लागि उनले आफ्नै माइतीमा बस्ने चिनेका व्यक्तिको सहयोग लिएकी थिइन् ।

दौसाका विमलेश शर्माले आफ्नी बहिनीको १७ लाख ५० हजार रुपैयाँका गरगहना र आफ्नै करिब आठ लाख रुपैयाँ बराबरका गरगहना चोरी भएको उजुरी दिएका थिए । पीडितको उजुरीका आधारमा प्रहरीले सम्पूर्ण विषयमा अनुसन्धान थालेको थियो ।

यस घटनामा घरका कुनै सदस्यको पनि संलग्नता हुन सक्ने प्रहरीले आशंका गरेको थियो । त्यसपछि प्रहरीले पीडित विमलेश शर्माकी श्रीमतीलाई शंकाको आधारमा नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।

प्रहरीको सोधपुछका क्रममा उनले सबै कुरा खुलाएकी थिइन् । त्यसपछि मुख्य अभियुक्त ऋषिकेश मीणा र रामकेश मीनालाई प्रहरीले बिमलेशकी पत्नी आरतीले दिएको जानकारीका आधारमा खोजी गरेको थियो ।

दुवै विमलेशको ससुराली पदमपुरामा बस्थे। प्रहरी त्यहाँ पुगेपछि दुवै फेला परे । जहाँबाट दुवै अभियुक्त पक्राउ परेका छन् । उनीहरूको साथबाट १६ लाख ६६ हजार ५०० रुपैयाँ नगद र अधिकांश गहना बरामद भएको छ ।

आरती शर्माको माइती पनि पदमपुरामा रहेको र आरोपी ऋषिकेशलाई उनले पहिले नै चिनेको बताइएको छ । यहाँ प्रहरीको सोधपुछमा आरोपी आरती र उनका श्रीमान् विमलेशबीच मनमुटाव भएको र यही दरारका कारण आरतीले चोरीको यो खेल खेलेको पनि खुलेको छ ।