राजनीतिक पावर लगाएर पूजाले अनमोललाई आफ्नो फिल्ममा साइन गराएको आरोप लागेपछि बोलीन् पूजा

काठमाडौँ ।

के अनमोल केसीलाई आफ्नो नयाँ फिल्ममा साइन गराउन राजनीतिक पावर प्रयोग गर्नुपर्छ ?

नायिका पूजा शर्माले नायक अनमोल केसीलाई आफ्नो नयाँ फिल्ममा साइन गराउन राजनीतिक पावर प्रयोग गरिएको भन्ने खबर झुठो भएको बताएकी छिन् ।

हालै केी संचारमाध्यममा जाले प्रेमी युद्ध बाँनियाको साथ लिएर अनमोललाई साइन गराउन इन्द्र बाँनियादेखि आरजु राणासम्मको पावर लगाएको भन्ने खबर आएपछि पूजाले आँफुहरुले कुनै पावन नलगाएको र आफ्ना विरुद्ध लेखिएका ति खबरहरु सबै भ्रामक भएको भन्दै आपत्ति जनाएकी छिन् ।

अनमोलसँग काम गर्ने विषयमा आँफुहरुले लामो समयदेखि कुरा गरिरहेको र अहिले आएर अनमोल आफ्नो फिल्ममा काम गर्न राजी भएको उनले बताइन् ।

पूजाले थप स्पस्ट पार्दै भनिन् यसपटक अनमोललाई कथा निक्कै मन पर्यो र उनी अनुवन्धित भएका हुन् ।’ पूजा र अनमोलको मुख्य भूमिका रहने फिल्मको कथा यतिबेला धमाधम लेख्ने काम भैरहेको र केही समयमा नै फ्लोरमा जाने जानकारी पनि पूजाले दिइन् ।