ललित मोदीसँग अटुट प्रेममा बलिउड अभिनेत्री सुस्मिता सेन, के होला त सफल ?

अभिनेत्री सुस्मिता सेन र आइपिएलका पूर्व अध्यक्ष ललित मोदी एकअर्कासँग प्रेम सम्बन्धमा रहेका छन् । भारतिय मिडियाका अनुसार मोदी आफैंले सुस्मितासँग डेट गरिरहेको जानकारी दिएका हुन् ।

भारतीय टि(२० टुर्नामेन्टका पहिलो अध्यक्ष तथा कमिसनर रहेका ललितले बिहीबार आफ्नो ट्विटरमा सुस्मितासँग थुप्रै फोटाहरू राखेर ुबेटर(हाफु भन्दै ुनयाँ सुरूआतु लेखेका छन्।

बिहे गरिसकेको हो भनरे सोधिएको प्रश्नमा उनले अब छिट्टै बिहे गर्ने बताएका छन् । ललित मोदीको यसअघि मिनल सगरानीसँग सन् १९९१ मा बिहे भएको थियो। उनीहरूका एक छोरा रूचिर र छोरी आलिया छन्। सन् २०१८ मा मिनलको क्यान्सरका कारण निधन भएपछि मोदी एक्लो भएका थिए ।

सुस्मित ले पोहोर मात्र आफ्नो तीन वर्षभन्दा पुरानो प्रेम सम्बन्धलाई ुब्रेकअपु गरेकी थिइन्। उनले रोहमन सलसँगको आफ्नो प्रेम सम्बन्ध अन्त्य भएकोबारे इन्स्टाग्राममार्फत् सार्वजनिक जानकारी दिएकी थिइन्। सन् १९९४ मा मिस युनिभर्सको ताज पहिरिएलगत्तै बलिउड प्रवेश गरेकी सुस्मिताको फिल्मी करिअर कहिल्यै पनि खासै जमेन।