रीया चक्रवर्ती : फिल्म सबै फ्लप, तर आम्दानी राम्रो, आखिर कसरी ?

अभिनेत्री रीया चक्रवर्तीले सानोपर्दाबाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि साउथ तथा बलिउड फिल्म अभिनय गरेकी उनका खासै फिल्म सफल भएका छैनन् । तर उनी व्यक्तिगत जीवनका सधैं चर्चामा छिन् ।

उनको जीवनशैली भब्य छ । उनी करोडौंको सम्पत्तिको मालिक पनि हुन् । उनीसँग कारका केही सङ्ग्रह छ । भिडियो जकीको रूपमा आफ्नो करियर सुरु गरेकी उनले सन् २००९ मा एक रियालटी शोबाट सानोपर्दामा डेब्यु गरेकी थिइन् । २०१२ को फिल्म ‘टुनिगा टुनिगा’ बाट साउथ फिल्म अभिनय डेब्यू गरेकी उनले त्यसको एकबर्षपछि ‘मेरे ड्याड की मारुती’ बाट बलिउडमा डेब्यू गरिन् । उनले अहिलेसम्म धेरै फिल्म गरिन् । तर अधिकांश फिल्म फ्लप छन् ।

अभिनयमा हिट नभएपनि उनी अन्य प्रोजेक्टबाट भने महिनामा लाखौँ कमाउँछन् । एक रिपोर्टका अनुसार रीयाको महिनामा २.५ लाखभन्दा बढी आम्दानी छ । रीयाको ब्रान्ड एन्डोर्समेन्ट र स्टेज शोबाट पनि कमाउँछिन् ।

भारतीय रकममा उनको सम्पत्ति करिब ११ करोड हुन्छ । उनको मुम्बईमा एउटा फ्ल्याट छ, जसको मूल्य ८५ लाख रुपैयाँ पर्छ । रीयालाई गाडीको शौख छ । उनीसँग केही गाडीका कलेक्सन छन् ।