केटी साथीलाई आँखा लगाएको भन्दै छु’रा प्र’हार

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा युवकमाथि छु रा प्रहार भएको छ । असार २५ मा राति थली स्थित पिपलबोटमा सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका घर भएका राजन श्रेष्ठलाई छु रा प्रहार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखुपाखर–८ घर भई थली बस्ने २७ वर्षीय दीपेश शाक्य छन् । आफ्नो केटी साथीलाई राजनले आँखा लगाएको विषयमा विवाद हुँदा दीपेशले छु रा प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

छु रा प्रहार गरेको १८ घण्टाभित्र आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले बताए । छु रा प्रहारबाट राजनको पेटमा चो ट लागेको छ । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

दुई जनाले सँगै म दिरा से वन गरेको र विवादपछि दीपेशले डेराबाट छु रा ल्याएर हानेको अनुसन्धानबाट थाहा भएको छ । प्रहरी वृत्त बौद्धले आरोपीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।