अहिले समाजमा घटिरहेका घटनासङ्ग ठ्याक्कै मिल्दो गीत बुहारिको कर्म सर्बत्र चर्चामा

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव डेढ महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् । यसैविच लोक तथा दोहोरी गायक पुरुषोत्तम पौडेलले यस वर्षको तिज कोसेलीको रुपमा `बुहारीको कर्म´ सार्वजनिक गरेका छन् । जसमा समाजमा वास्तविक रुपमा बिहेपछी एक बुहारीले पाउने पिडालाई भिडियो मार्फत उजागर गरिएको छ ।

यस गितमा छोरीको धनाढ्य परिवारमा बिहे हुदैमा सुख पाउदैनन् तर वास्तविक रुपमा छोरी नै शिक्षित र आत्मनिर्भर हुनु पर्छ भन्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।

यस गितमा स्वर स्वयम पुरुषोत्तम पौडेल, देवि घर्ती मगर र शान्ती श्री परिवारले दिएका छन् । गितमा शब्द सृर्जना शिव पौडेले गरेका छन् भने संगित रचना स्वयम पुरुषोत्तम पौडेलले भरेका छन् ।

निकै मर्मस्पर्शी र सामाजिक यथार्थ घटनामा आधारित उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ । कपिल लामाको उत्कृष्ट निर्देशनमा तयार भएको गितको म्युजिक भिडियोमा अन्जु निरौला, पुरुषोतम पौडेल, रमा थपलिया, रमेश अधिकारी, रोशनी सापकोटा, कृष्ण पहाडी, नेत्र प्रसाद काफ्ले लगायत थुप्रै कलाकारहरुको अभिनय रहेको छ ।

उमंग म्युजिक प्रा.ली.को प्रस्तुतिमा तयार पारिएको गितको म्युजिक भिडियोलाई राजेश घइ छांयाकन एवम् शिव पौडेलले सम्पादन गरेका छन् । टिकटकमा सर्वाधिक रुचाईएको उक्त गितको म्युजिक भिडियो यति वेला युटुवमा पनि हिट वनिरहेको छ ।

गितलाई Purushottam Poudel अफिसियल युटुवबाट बजारमा पठाईएको छ । गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

यो पनिः