‘भागेर बिहे गर्न मन लागेको छ’- नन्दिता

अभिनेत्री नन्दिता केसीले विवाह आफ्नो वशमा नहुने बताएकी छन् । विवाहका लागि समय आउनुपर्ने र जुर्नुपर्ने उनको भनाई छ । केही समय अमेरिका बसेर स्वदेश फर्किएकी नन्दिता आइतबार अभिनेत्री नीता ढुंगानाको रिसेप्सन पार्टीमा भेटिएकी थिइन् ।

सो अवसरमा उनलाई मिडियाले विवाहको प्रश्न छुटाउने त कुरै भएन । जसको जवाफमा उनले आफ्नो विवाह समय आएपछि हुने भन्दै टारेकी थिइन् । उनले आफु अहिलेसम्म नहुनुको कारण समयलाई समेत दोष दिएकी छन् ।

‘बिहेका लागि कुनैपनि व्यक्तिसँग विश्वास र कनेक्सन हुनुपर्छ’ उनले थपिन्, ‘बिहे भनेको आफ्नो इच्छाअनुसार हुनुपर्छ ।’ अरुको बिहे हेर्दाहेर्दै आफूलाई भागेर बिहे गर्न मन लागेको समेत उनले बताएकी छन् । भनिन्, ‘अरुको विवाह हेर्दा लाग्यो सानो–सानो कुरामा पनि ध्यान दिनुपर्ने रहेछ । त्यसैले धेरै तनाव हुँदो रहेछ ।’

पूर्ण समानुपातिक निर्वाचन प्रणाली अबलम्बन गर्न माग
काठमाडौँ, २७ असार (रासस) :
नेपाली जनता दलले आगामी सङ्घीय तथा प्रदेशको निर्वाचनमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अबलम्बन गर्न माग गरेको छ ।

उक्त दलले आज रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गरी हालको निर्वाचन प्रणाली बढी खर्चिलो र भड्किलो रहेको भन्दै पूर्ण समानुपातिक निर्वाचन पद्दती उपयुक्त विकल्प भएको उल्लेख गरेको छ । जनता दलले लैङ्गीक, जातीय, क्षेत्रीय, भौगोलिक जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ ।

पार्टी अध्यक्ष हरिचरण साहले सबै वर्ग, जाती, समूदायको समानुपातिक प्रतिनिधित्वको सुनिश्चित हुनेगरी समानुपातिक निर्वाचन प्रणाली अपनाउनु अहिलेको अपरिहार्यता भएको बताउनुभयो । उहाँले देशलाई शान्ति र समृद्धिको दिशामा अघि बढाउन राजनीतिक स्थिरताको खाँचो औँल्याउनुभयो ।

पार्टीका सङ्घीय परिषद् अध्यक्ष अनुप पहाडी, उपाध्यक्षद्वय रघु परियार र यामबहादुर जिसी, उपमहासचिव सुमा बास्तोलाले वैकल्पिक राजनीतिक दलको रुपमा विगत २८ वर्षदेखि सङ्घर्ष गर्दै आएको जनता दलले जनसंख्याको आधारमा सबै क्षेत्र र वर्गको प्रतिनिधित्व हुने पूर्ण समानुपातिक निर्वाचन प्रणालीको मुद्दा विगतदेखिनै उठाइरहेको बताउनुभयो

यो पनि पढ्नुहोस् :-

एजेन्सी । बलिउड अभिनेत्री तथा मोडल उर्वशी रौतेलाले विश्वका १० सुपर मोडलको सूचीमा स्थान बनाएकी छन्।
हालै ग्ल्यामर जगतको चर्चित वेबसाइटले विश्वका १० कामुक सुपर मोडलको सूचीमा उर्वशीलाई समेत समावेश गरेको हो।

उनी मिस टिन इन्डिया, मिस एसियन सुपर मोडल इन्डिया, इडियन प्रिन्सेस, मिस क्विन अफ द इयर इन्टरनेसनल इन्डिया, मिस टुरिजम क्विन अफ द इयर इन्टरनेसनल वल्र्डजस्ता उपाधि जित्ने सुपर मोडल हु न्।

१५ वर्षको उमेरमै अभिनयमा नेपाल समचारपत्रमा खबर छ । डेब्यु गरेकी उर्वशी मिस डिभा २०१५ की विजेतासमेत हुन्। सन् २०१३ मा सिह साब द ग्रेटबाट बलिउड फिल्म नगरीमा डेब्यु गरेकी उर्वशीले ग्रेट ग्रयान्ड मस्तील काबिल, हेट स्टोरी–४, पागलपन्थीजस्ता फिल्ममा अभिनय गरेकी छन्।