प्रधानमन्त्रीलाई आफ्नै कार्यकर्ताले झन्डै मारेनन्, धन्न प्रहरीले बालबाल बचायो !

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकस्थल सानेपाअघि शेखर कोइराला पक्षधर काँग्रेस कार्यकर्ताको विरोध प्रदर्शन र नाराबाजी गर्दै प्रधानमन्त्री तथा आफ्नै सभापति देउवालाई आक्रमण प्रयास गरेका छन् ।

पार्टीका भ्रातृ संगठनहरूमा सभापति देउवाले एकलौटी गरेको भन्दै शेखर पक्षधर कांग्रेस कार्यकर्ताले सानेपास्थित पार्टी कार्यालय अगाडी बिरोध सहित आक्रमण प्रयास गरेका हुन् ।

सो क्रममा बैठकका लागि पुगेका प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा चढेको गाडीमा काँग्रेस कार्यकर्ताले अवरोध पुर्‍याएका छन् । प्रधानमन्त्री, मन्त्री र पदाधिकारीको गाडीमा अवरोध पुर्‍याउन खोज्दा प्रहरीले बल प्रयोग गर्दा ठेलमठेल गर्दै आक्रमण प्रयास भएको भएको थियो ।

भ्रातृ संस्थाको तत्काल वैधानिक पूर्णता मागसहित नेविसंघ, तरुण दललगायतका युवाहरू विरोध प्रदर्शन गरिरहेका छन् । भ्रातृ संगठनलाई जीवित गर्न र पार्टीको विधान लागू गर्न उनीहररूको मुख्य माग छ ।