चर्चित गायक भागिरथ चलाउनेको यस बर्षको पहिलो तिज गीत ‘झमझम झम्काना’ युटुब ट्रेन्डिङ २ मा (भिडियो सहित)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव डेढ महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् । यसैविच थोरै तर स्तरीय सिर्जना गर्ने युवा सर्जक तथा गायक भगीरथ चलाउनेको नयाँ तीज गीत छोटो समयमै निकै चर्चित बनेको छ ।

गीत सार्वजनिक भएको केही दिन मै उत्कृष्टको सूचीमा समेत परेको छ भने लाखौं दर्शक पनि बा आएको छ । गीतलाई सामाजिक सञ्जाल TikTok मा १ लाख भन्दा धेरै भिडियो बनाइएको छ ।

माया प्रेमलाई विषय बनाई तयार पारिएको उनको पछिल्लो गीतको अडियो र भिडियो निकै दमदार रहेको छ । गीतलाई भगीरथ चलाउने र सुनिता बुढाले आवाज दिएका छन् भने बोम बहादुर गाहा मगरले शब्द सिर्जना गरेका छन् भने लय भने गायक चलाउने कै रहेको छ ।

गीतलाई कुशल निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन् भने भगीरथ र गीत ढुङ्गानाको अभिनय रहेको छ । अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई राजेश घिमिरेले छांयाकन एवम् विष्णु शर्माले सम्पादन गरेका छन् ।

गितलाई Bhagirath Chalaune अफिसियल युटुव च्यानलबाट बजारमा सार्वजनिक गरिएको छ । गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :

आजभन्दा करिब ६ वर्ष अगाडि “नरिसाउन कान्छु” बोलको तीज गीत निकै चर्चित थियो । अघिल्लो वर्षको “थोपडाले धोका दियो बरिलै” बोलको अर्को गीतले त निकै चर्चा कमायो , करिब ५० लाख दर्शकले यो गीत हेरेका छन् ।यसैबिच केहि दिन अघिमात्र सार्वजनिक भएको “झमझम झम्काना” बोलको तीज गीतले पनि दर्शकको मन जितेको छ । यो गीत छोटो समयमै निकै चर्चित बन्न पुगेको छ । यो गीतको भिडियोले यो समाचार तयार पार्दासम्म युटुब को दोस्रो स्थान ओगट्न सफल भएको छ । गीत अहिले सामाजिक सञ्जाल टिकटकमा पनि निकै भाइरल छ । यसै गीतमा करिब १ लाखले टिकटकमा भिडियो पनि बनाएका छन् । गायक चलाउने र बुढाकाे याे भन्दा अघिल्लाे वर्षकाे तिज गीतले पनि निकै सफलता पाएकाे थियाे ।

यो पनीः