करण जोहरको यस हर्कतबाट रिसाईन् सारा, आफ्नो शो चलाउने चक्करमा गरे गडबडी

काठमाडौँ : करण जोहरद्वारा होस्टेड च्याट शो ‘कफी विथ करण सिजन ७(Koffee With Karan Season 7)’ धेरै कारण चर्चामा रहेको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार बलिउड अभिनेत्री सारा अली खान यस शोको कारण निकै रिसाएकी छिन्। वास्तवमा शोको ७ औं सिजनको प्रचारप्रसारको क्रममा करण जोहरले आफ्नो च्याट शोले थुप्रै बलिउड लभ स्टोरिज सार्वजनिक गरेको बताएका थिए। जसमा कार्तिक आर्यन र सारा अली खानको प्रेम कहानी पनि पर्दछ। कुरा यहीँबाट बिग्रियो।

भारतीय मिडियाका अनुसार सारा अली खान मानिसहरु आफ्नो व्यक्तिगत जीवनमा नभई आफ्नो अभिनय र करियरमा ध्यान केन्द्रित गरोस् भन्ने चाहन्छिन्। रिपोर्टका अनुसार सारा अली खानले आफ्नो व्यक्तिगत जीवनलाई गोप्य राख्न धेरै मेहनत गरिरहेकी छिन्।

सारा अलि खान आफ्नो तनमन अभिनयमा समर्पण गर्न चाहन्छिन् र आफ्नो करियरलाई नयाँ उचाईमा लैजान कडा परिश्रम गरिरहेकी छिन्। उनी आफ्नो व्यक्तिगत जीवनका कुराहरू दर्शकहरूका अगाडि आफ्नै मुखबाट खुलाउन चाहन्छिन् न कि कुनै तेस्रो व्यक्तिको माध्यमबाट।