सातौं पटकसम्म आ’त्म’ह’त्याको प्रयास गरेको अञ्जुको खुलासा (भिडिओ सहित)

काठमाडौं, २६ असार । चर्चित गायिका अञ्जु पन्त र उनका पति थिर कोइराला प्राइम टिभीबाट प्रशारण भएको धमलाको हमला कार्यक्रममा रोमान्टिक देखिएका छन् । पन्त र कोइरालाले आफ्नो वैवाहिक जीवन राम्रो चलिरहेको पनि सुनाए । कोइरालाले आफूले अञ्जुलाई क्रिश्चियन नबनाएको पनि दाबी गरे ।

पन्तले आफू एकपटक जीवनमा धेरै नै टुटेको र क्रिश्चियन आस्था राख्दा त्यसले पूनर्जिवन दिएको सुनाईन् । पति कोइरालाले पनि अञ्जुले प्रभुमाथि राखेको विश्वासको कारण नै उनी निको भएको दाबी गरे । अञ्जुले पनि आफू त्यसको जिउँदो प्रमाण नै रहेको सुनाईन् ।

पति थिरले भने आफूले क्रिश्चियानिटीलाई धर्म नमान्ने टिप्पणी गरे । बरु, आफूले यसलाई आस्थाको रुपमा लिएको र यसले ईश्वरसँग नजिक बनाउने गरेको उनको भनाई छ । अञ्जुले भने आफ्नो जीवन नखाएको वि ष लागेर मृ त्युसम्म हुन लागेको पनि स्मरण गराईन् ।

उनले आफू मृ त्युको मुखबाट बाँचेर आएको उल्लेख गर्दै भनिन्–‘म मृ त्युको मुखबाट बचेर आएकी हुँ, सातौं पटकसम्म आ त्म ह त्याको प्रयास गरेको छु ।’ पति थिरले भने अञ्जुको जीवनको भोगाई समेटेर छिट्टै पुस्तक ल्याउने जानकारी दिए । उनले अञ्जु कहिल्यैपनि विवादमा आउन नचाहने व्यक्ति रहेको सुनाए ।