उधारोमा वा कसैसँग मागेर यी चीजहरूको प्रयोग अत्यन्तै अशुभ

मानिसहरु आपसमा आवश्यक परेको बेलामा एक अर्काको चीजहरू मागेर प्रयोग गर्छन् । वा उधारोमा किनेर प्रयोग गरिरहेका हुन्छन् ।

यो बानी अत्यन्तै घातक छ । ज्योतिषशास्त्रका अनुसार सबै कुरा उधारो लिएर वा मागेर प्रयोग गर्नु शुभ मानिएको छैन ।

किनभने यो विश्वास गरिन्छ कि प्रयोग गरिएका चीजहरू व्यक्तिको भावना र भाग्यसँग जोडिएको हुन्छ।

यस्तो अवस्थामा कसैलाई ऋणमा केही दिएर आफ्नो भाग्य उसैलाई दिनुहुन्छ। त्यसोभए जानौं ती चीजहरू जुन कहिल्यै उधारोमा वा मागेर कहिलै लिनु हुँदैन।

घडी
प्रायः तपाईंले देख्नु भएको होला कि साथीहरूले प्रयोग गरिरहेको बस्तु मन पराउँछन् । दे न भन्न सक्छन् । जसमा घडी धेरैले माग्ने गर्छ ।

लगाएको दिनेपनि गर्छन् । तर ज्योतिषशास्त्रका अनुसार घडीको काम समय बताउन मात्रै होइन, यसले तपाईको भाग्य पनि निर्धारण गर्छ ।

यो विश्वास गरिन्छ कि अरू कसैको घडी लगाउनाले तपाईंको आर्थिक स्थिति र कार्यस्थलमा प्रतिकूल असर गर्छ। तपाईले गरेका कामको फल घडी दिनेकै भागमा जान्छ ।

कलम
कलम कहिल्यै कसैबाट उधारो लिनु हुदैन न कसैलाई कलम दिनु नै हुन्छ । किनकि ज्योतिषीहरुका अनुसार कलम तपाईको भाग्य र सोचसँग सम्बन्धित हुन्छ ।

जब तपाई कसैलाई पेन उधारोमा वा लगाउन त्यसै दिनुहुन्छ तब तपाई आफ्नो भाग्य दिनुहुन्छ । जसको कारणले तपाईको कर्मको आधा फल अर्को व्यक्तिले भोग्नु पर्छ।

लुगा
अरूको लुगा लगाउन वा कसैलाई आफ्नो लुगा दिनबाट पनि टाढा रहनुपर्छ । उधारोमा किनेर लगाउनपनि सचेत हुनुपर्छ । किनभने जब तपाईं आफ्नो लुगा कसैलाई दिनुहुन्छ तब तपाईंको सकारात्मक वा नकारात्मक ऊर्जाले अर्को व्यक्तिलाई पनि असर गर्छ।

अर्कोतर्फ ज्योतिषशास्त्रले लुगा शुक्र ग्रहसँग सम्बन्धित रहेको र मागेर लगाएको लुगा लगाउनाले कुण्डलीमा शुक्रको स्थिति कमजोर हुने गरेको बताउँछ । यसले तपाईको आर्थिक अवस्थालाई नराम्रो असर पार्न सक्छ।