जंगिर्दै केपीले देखाए देउवाको अर्को कमजोरी, भने जनार्दन शर्माले आफैं राजीनामा नदिएका भए देउवाले हटाउन सक्निथिएनन्

काठमाडौं २४ असार ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस हुतिहाराहरुको पार्टी भएको भन्दै आलोचना गरेका छन् ।

शुक्रबार राजधानीमा आयोजित छविलाल स्मृति तथा रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसमाथि आलोचना गरेका हुन् ।

अर्थमन्त्री जनार्दन शर्माले आफैं राजीनामा नदिएको भए प्रधानमन्त्री शेरबहादुर देउवा हटाउन नसक्ने दावी गरेका ओलीले कांग्रेस हुतिहाराहरुको पार्टी भएको बताएका हुन् ।

‘काँग्रेसको हुनै छैन । कांग्रेस निरीह भएको छ,यसपटक पनि मन्त्रीले आफैं राजीनामा दिएर हो ।’ ओलीले भने ।

प्रधानमन्त्रीससँग मन्त्री निकाल्ने हुति छ ? भन्दै प्रश्न गरेका उनले माओवादीले हतियार उठाउनुपर्ने कारणको जवाफ अहिलेसम्म नदिएको प्रति पनि टिप्पणी गरेका छन् ।