पुर्व राजा ज्ञानेन्द्रले देशबासीका नाममा गरेको सम्बोधन मैले लेखेको हुँ : ओली

काठमाडौं २४ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुर्व राजा ज्ञानेन्द्र शाहले देशबासीका नाममा गरेको सम्बोधन आफूले लेखेको दाबी गरेका छन् ।

शुक्रबार राजधानीमा आयोजित छविलाल स्मृति तथा रक्तदान कार्यक्रममा ओलीले यस्तो दावी हुन् । शाहले २०६३ साल वैशाख ११ गते राति देशबासीका नाममा गरेको सम्बोधन आफुले लेखेको दावी गरेका हुन् ।

ओलीले २०६२/०६३ को जनआन्दोलन उत्कर्षमा पुगेका बेला ‘जारी आन्दोलनले नेपालबाट राजतन्त्र उन्मुलन हुनु भनेको बयल गाढा चढेर अमेरिका जानुजस्तै’ हो भनेका थिए ।

गणतन्त्रविरोधीको आरोप खेप्दै आएका ओली बेलाबेलामा बयल गाढा चढेर अमेरिका जानु भन्ने अभिव्यक्तिले चर्चामा आइरहन्छन् ।