फुटपाथ पसल हटाउने विषयमा काठमाडौँबासीले यसरी दिए बालेनलाई साथ, के अब फुटपाथमा गरिब र दिनदुखीले समान बेच्न पाउँदैनन् ?

काठमाण्डौबासीका आशाका केन्द्र बनेका मेयर बालेन शाह पछिल्लो समय चर्चित हुनुका साथै आलोचित पनि हुन पुगेका छन्। काठमाण्डौलाई बिश्वकै सुन्दर र सफा शहर बनाउने उनको योजना पुरा गर्न दिनरात खटिरहेका छन् । फोहोरलाई मोहर बनाउने योजना होस् या भत्किएका सडकलाई तत्काल मर्मत गर्ने इन्फ्रास्टक्चर एम्बुलेन्स सेवा यी सबैको खुलेरै जनता बाट साथ पाईरहेका छन् ।

अहिले चर्चा बनेको बिषय फुटपाथ पसल हटाउने बिषयमा भने उनले केही आलोचना ब्यहोर्नुपरेको छ । गरीब जनता मार्ने काम भनेर सामाजिक सञ्जालमा टिकाटिप्पणी भईरहे पनि केही पक्षले भने यस कार्यको खुलेरै समर्थन जनाएका छन् । ब्याक टु ब्याक कमाल गर्दै आइरहेकाका मेयर साहको फुटपाथ पसल हटाउने काममा नेवाः जागरण खुलेरै बालेनको पक्षमा उभिएको छ ।

फुटपाथ पसले हटाउने विवादका सन्दर्भमा नेवाः जागरण मञ्चले मेयर बालेन शाहलाई समर्थन गरेको हो । उसले काठमाडौं महानगरका सडकपेटीको अब्यवस्थित बजार हटाउने शाहको अभियानको मञ्चले स्वागत गरेको हो । मञ्चले मंगलबार जारी गरेको विज्ञप्तिमा मेयर शाहको नेतृत्वमा ताजा जनादेश बोकेर आएको नेतृत्वले चाहेमा सडकपेटीको व्यापार हटाउन सक्ने उल्लेख गरिएको छ ।

‘काठमाडौँ महानगरपालिकामा स्वतन्त्र र युवा व्यक्तित्व बालेन शाहको नेतृत्वमा ताजा जनादेश पाएर आएको टिम रहेको यो अवसरमा यो कुरा सम्भव छ भन्ने कुरामा हामी विश्वास प्रकट गर्न चाहन्छौँ’, विज्ञप्तिमा उल्लेख छ । ‘