राजासँग सेनालाई मिलाएर एमसीसीमा राष्ट्रघात गर्ने दलका नेतालाई प्रतिबन्धमा हाल्छौ : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले अत्यन्तै हिंसात्मक अभिव्यक्ति दिनुभएको छ ।

उहाँले अब देश बेचेर खाने पार्टीहरुका नेताहरुको हात कलम नै गर्ने दावी गर्नुभएको छ ।

हल्ला चलाईएको सत्य हो राजासँग सेनालाई मिलाएर विप्लवहरुले अरु पार्टीलाई प्रतिवन्ध लगाउँदैछ । उहाँले गर्न खोज्दैछ हैन खोजिदैछ । अब राष्ट्रघातीलाई बाँकी राखिन्न भन्नुभयो ।

एमसीसीमा राष्ट्रघात गर्ने दलहरूलाई आवश्यक परे नेपाली सेनासँग मिलेर भए पनि १० वर्षका लागि प्रतिबन्ध लगाएर भोट हाल्नै नदिने उहाँको चेतावनी थियो।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले देश बेचेर खानेहरुलाई नेपाली जनताले भोट हालेर सत्ता चलाउने अधिकार दिन नहुने बताउनुभयो ।

आफ्ना केही पुराना साथीहरुले राजासँग नेपाली सेनालाई मिलाएर आफूहरुले अरु पार्टीलाई प्रतिबन्ध लगाउने खोजेको भनाइ आएको उल्लेख गर्दै महासचिव विप्लवले देश बेचेर खाने दलालहरुलाई किन प्रतिबन्ध नलगाउने भन्दै प्रश्न गर्नुभयो । यहाँले भन्नुभयो, खाजिदैछ, खोजिन्छ ।

उहाँले भन्नुभयो, ‘मेरा केही पुराना साथीहरुले भनेछन्–विप्लवहरुले त राजासँग सेनालाई मिलाएर अरु पार्टीहरुलाई प्रतिबन्ध लगाउन खोजेका थिए, खोज्दैछन्। लगाउने पनि हो। दलालहरुलाई प्रतिबन्ध लगाईदैन त ?

देश बेचेर खाने मान्छेहरुलाई भोट हाल्न दिनु हुँदैन। नेपालमा उनीहरुलाई १० वर्षका लागि प्रतिबन्ध लगाएर भोट हाल्न दिनुहुँदैन। पहिला–पहिला फटाहा वकिलहरुलाई १० वर्ष लेख्नै नपाउने बनाएजस्तै गरिदिनुपर्छ। हामी सानो हुँदा हात कलम गराउँने भन्ने चलन थियो ।

देश बेचेर खानेहरुलाई जनताले अधिकार दिनुहुँदैन। किनभने त्यस्तालाई नेपाली जनताले स्विकार गर्दैनन नि त। नेपाल प्रहरी र नेपाली सेनाले पनि त्यो कुरा बुझेजस्तो लाग्छ। देश नरहे प्रहरी र नेपाली सेनाले कहाँ काम गर्छ।’

महासचिव विप्लवले देश बेच्नेहरुलाई नेपाल प्रहरी र नेपाली सेनाले पनि साथ दिन नहुने बताउनुभयो । उहाँले एमसीसी र एसपीपी सम्झौता आफ्नो पार्टीलाई कुनै पनि हालतमा स्विकार्य नहुने दाबी गर्नुभयो ।