जनताको लोकप्रिय नेता प्रचण्ड नै होः रेनु दाहाल

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर रेनु दाहालले जनताको लोकप्रिय नेता प्रचण्ड नै भएको बताएकी छिन ।

प्रचण्ड एकदम दयालु र गतिशिल परिस्थितिको आकलन गरेर समयको सापेक्ष बनाएर हिडने खुबी भएको र व्यक्तिगत स्वार्थ नभएको सबैसँग मिल्न सक्ने मिलनसार अरुलाई गुन लगाउने गतिशिल लिडर भएको बताएकी छिन् ।

जनताको बिचमा लोकप्रिय नेता पनि प्रचण्ड नै भएको र ठुलो परिर्वतन गरेकोले अब माओवादी पार्टीका सबै धारहरु एक ठाउँमा आएर मुलुकको नेतृत्व लिनु पर्ने बताएकी छिन

चुनाव अगाडी प्रचण्ड प्रधानमन्त्री नबने तर आपसी सम्झदारी भयो भने अहिले सम्मको परिस्थितिलाई हेरेर एक चोटी शान्ति, संविधान र समग्र परिर्वतनको मुख्य बाहक नेतृत्वकर्ता भएको नाताले प्रचण्डलाई देश र जनताले पनि एक चोटी प्रधानमन्त्री बनेर फेरी देशको नेतृत्व लिएको हेर्न चाहाएको बताएकी हुन ।

माओवादी पार्टीमा विवाद नभएको र अहिले पार्टी भित्र छलफल बहस भएको पदघिकारी र स्थाई कमिटिहरु प्रस्तावमा भएकोले वैचारीक राजनीति बहस भएको उनले बताईन ।

माओवादी पार्टीमा केन्द्रिय समितिमा युवाहरु २० प्रतिशत भएको र महिलाहरुको उपस्थिति ३५ प्रतिशत जनजाती सबै भएकोले आफुहरुले समानुपातिक ढंगबाट गरेकोले माओवादी समावेशी पार्टी भएको बताईन ।

अहिले देशै भरी स्वतन्त्रहरुको लहर भएकोले अब युवाहरुको भविष्य देखिएकोले राजनीति पार्टीहरुले गम्भिर भएर सोच्ने बेला आएको उनको भनाई छ ।

अब नेताहरु एउटै निर्वाचन क्षेत्रमा पटक–पटक लड्ने परिपार्टी अन्त्य गरेर सबै पार्टीका शीर्ष नेताहरु समानुपातिकामा बसेर अरु युवा र कार्यकर्तालाई अवसर दिने र अहिलेको आवश्यकता समानुपातिक निर्वाचन प्रर्णाली भएको बताएकी छिन् ।

पदघिकारीमा आउने इच्छा र आकंक्षा नभएकोले पार्टीकै ‘सिनियर’ नेताहरुले पार्टीको नेतृत्व गर्नुपर्ने आवस्यक भएको र एउटै निर्वाचन क्षेत्रमा एउटा मात्रै व्यक्ति आएकोले अहिले नयाँ पुस्ताले अवसर नपाएको यो परिपार्टीको अन्त्य हुनुपर्ने अब युवालाई अवसर दिनुपर्ने बताएकी छिन् ।

माओवादी इमान्दारि भएकोले गठबन्धन हुनुपर्ने अझै देशमा जोखिम नटरेकोले आफुहरुले प्राप्त गरेका उपलब्धीहरु पनि खतरामा भएकोले गठबन्धनको आवस्यक भएको बताएकी छिन् ।

यही अवस्था र परिस्थितिमा विगतको कमी कमजोरी नसच्चियसम्म यो अवस्थामा एमालेसँग सहकार्य नहुने र अहिले प्रचण्ड प्रधानमन्त्री नबने देउवाको सरकार ढाल्ने पक्षमा नभएको बताईन ।

उनले भनिन, ‘यतिकै कसैलाई लाग्यो भन्दैमा हटाउने राख्ने भने कुरा हुदैन, नि त एकीकृत समाजवादी आफनो मन्त्रीहरु हेरफेर गर्नु भयो । उहाँहरुको आन्तरिक एउटा आवस्यकताले गर्नु भयो ।

पार्टी र गठबन्धनभित्र अर्थमन्त्री जनार्दन शर्मा हटाउनेबारे कुनै छलफल र बहस नभएको अर्थमन्त्रीलाई अटाउनु पर्ने कुनै कारण नभएको एकदम राम्रो काम गरेको देश र जनताको लागि र राम्रो बजेट ल्याएको बताईन ।

काम गर्ने सक्ने भएर फेरी मेयेरमा भएर आएको र जनताले पनि अमूल्य मत दिएकोले अबको पाँच वर्ष भित्र भरतपुरको मुहार फेरीन्छ भन्ने जनताको अपेक्षा रहेको बताएकी छिन् ।

भ्रष्टचार अभियानको विरुद्धमा ७५३ वटा स्थानीय तह र ६ वटा महानगरपालिका मध्य भरतपुर महानगरपालिकालाई स्थापीत गरेर अगाडी बढने बताईन ।