अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएपछि दीपकराज गिरीले भने ऊर्जा मन्त्री हुँदा बाघ भन्नेले अहिले मुसा बनाए

काठमाडौं –

आर्थिक वर्ष २०७९र०८० को बजेट सार्वजनिक गर्नु अघिल्लो दिन २४ जेठ मध्यराति अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमाथि संसदीय विशेष छानबिन समिति गठन गरेपछि उनले राजीनामा दिएका हुन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्ने क्रममा अर्थमन्त्री शर्माले आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । पछिल्लो समय विवादमा तानिएका उनलाई विपक्ष दलले बजेट हिनामिना गर्नुका साथै सिसिटिभी फुटेज गायब बनाएको आरोप लगाएपछि शर्माले राजीनामा दिएका हुन् ।

उनले राजीनामा दिए सँगै यती बेला कलाकार दीपक राज गिरीले सामाजिक सञ्जालमा स्ट्याटस राख्दै मन्त्री शर्मालाई ऊर्जामा हुँदा बाघ बनाउनेले आज मुसा बनाएको तर्क राखेका छन् सञ्जालमा दीपक लेख्छन् राईट म्यान याट राईट प्लेस भनेको यही हो! यही मान्छे ऊर्जामा हूदॉ बाघ भन्थे,अहिले मुसा बनाए१ अर्थ न बर्थ गोविन्द गाई सिसि टिभिले जागिरै खाइ ! !