राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन द्वारा अर्थमन्त्रीको पुत्ला दहन !

काठमाडौँ – जेष्ठ-१४ गते रातिको सीसीटीभी फुटेज देखाउन नसकेपछी अर्थमन्त्री जनार्दन शर्माले चौतर्फी आलोचना भोगिरहेका छन्। विभिन्न संघसंगठनले अर्थमन्त्री शर्माले नैतिकताको हिसाबले पनि राजिनामा दिनुपर्ने कुरा राख्दै आएका छन्।

यसैक्रममा राप्रपा निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनद्वारा अर्थमन्त्रीको पुत्ला दहन गरेर शर्मालाई अर्थमन्त्री पदबाट बर्खास्त गर्न जोडदार माग गरेका छन्। असक्षम र देशमाथि नै घात गर्ने अर्थमन्त्रीले नेपालको अर्थतन्त्र नै धरासायी बनाउन सक्ने भएकोले राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले जतिसक्दो छिटो राजीनामा माग गर्दै अर्थमन्त्रीको पुत्ला दहन गरेको छन्।