समीक्षा भन्छिन् : सितिमिती यो छोरी मर्दिन

गायिका समीक्षा अधिकारीको स्वरमा तीज गीत सार्वजनिक भएको छ। उनले गीतमार्फत इज्जत फाल्ने काम नगर्ने बताएकी छिन्। गीतमा आमालाई सम्बोधन गरेकी छन्। गीतमा छोरीको हिम्मत र साहस उजागर गरिएको छ। सार्वजनिक गीत बाबुराम बोहराले लेखेका हुन। लय पनि उनकै हो।

सार्वजनिक गीतको म्युजिक भिडिओ पनि सार्वजनिक भएको छ। म्युजिक भिडिओमा अञ्जली अधिकारीले कम्बर मर्काएकी छन्। काजिस श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडिओ छायांकन राजेश घिमिरेले गरेका छन् भने सम्पादन दीपक विष्टले गरेका छन्।

सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (मंगलबार) बस्दै छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिए। यही असार २७ गतेका लागि बोलाइएको केन्द्रीय समितिको बैठकअघि कांग्रेसले आज पदाधिकारी बैठक राख्ने भएको हो।

कांग्रेसमा केन्द्रीय समितिको बैठकमा छलफल गरिने अजेन्डा तय गर्न पदाधिकार बैठक बस्ने चलन छ। साथै आजको बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा र भ्रातृ तथा शुभेच्छुक संस्थाका विधानलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।