के आगामी निर्वाचनमा बालेनले रबिलाई साथ देलान् त ?

स्थानीय तहको निर्वाचनको बेला आरोप खेपेरै भए पनि चर्चित पुर्वसंचारकर्मी रबि लामिछानेले काठमाण्डौका मेयर बालेन्द्र शाह अर्थात बालेनको पक्षमा खुलेर बोलेका थिए । हुन त यी दुबै जनाबीच प्रत्यक्ष भेटघाट र कुनै पुरानो सम्बन्ध छैन । तर पनि बालेनको पक्षमा माहोल बन्दै गएपछि रबिले बालेनको फोन अन्र्तबार्ता लिएका थिए । त्यतिमात्र हैन खुलेरै सामाजिक सञ्जालमा बालेनलाई सहयोग गर्न सबै समक्ष आव्हान समेत गरेका थिए ।

लामिछानेले आफ्नो पेशागत आचारसंहिताको सीमा नाघ्दै स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको खुला पक्षपोषण गरेका थिए । सामाजिक सञ्जालमा स्टाटस नै लेखेर उनले कांग्रेस–एमालेबाहेकका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएर बालेन्द्रलाई मेयर जिताउन आह्वान गरेका थिए । तटस्थ रहने पत्रकारीताको धर्मलाई साइड लगाउँदै उनले सहयोग गरे ।

उनको आव्हानले बालेनलाई फाइदा त पुग्यो तर अब पत्रकारीता छोडेर राजनितीक मैदानमा होमिएका रबिलाई आउँदो चुनावमा बालेनको साथ र सहयोग कस्तो रहने भन्ने सबैको जिज्ञासा रहेको छ । हुन त रबिको पछि थुप्रै जनता रहेका छन् । उनी बालेन भन्दा धेरै अगाडी देखी नै लोकप्रिय रहेका छन् । तर आगामी चुनावमा मेयर बालेनको साथ रबिका लागि पक्कै पनि महत्वपुर्ण हुने कुरामा सबै भरोसाबादी रहेका छन् ।

रबि यतिबेला टेलिभिजनबाट राजीनामा दिएर राजनीतिक दल खोल्दै प्रतिनिधिसभाको चुनाव लड्ने घोषणा गरिसकेका छन् । बालेन निकट स्रोतका अनुसार मेयरजस्तो सार्वजनिक ओहदामा रहेको व्यक्तिले हतारमा कुनै उम्मेदवारको पक्षमा बोलिहाल्न पनि नमिल्ने भएकोले उपयुक्त समयको पर्खाईमा रहेको बताईएको छ ।