समाजवादीका १० सांसद विभाजित

काठमाडौं– मन्त्री हेरफेरको निर्णयप्रति असन्तुष्ट रहेका एकिकृत समाजवादीका ६ जना सांसदले हस्ताक्षर फिर्ता लिएका छन् ।

समाजवादीबाट सरकारमा रहेका मन्त्रीहरुलाई पदबाट राजीनामा दिन पार्टीले दिएको निर्देशन मन्त्रीहरुले नमानेपछी समाजवादीभित्र विवाद बढेको छ ।

पर्यटनमन्त्री समेत रहेका सांसद प्रेम आलेसहित सांसदहरु धनबहादुर बुढा,वीनादेवी बुढाथोकी,गोपालबहादुर बम, कृष्णलाल महर्जन र पुष्पाकुमारी कर्णले संसदिय दलको बैठक बोलाउन माग गर्दै दिएको निवेदनबाट हस्ताक्षर फिर्ता लिएका हुन् ।

एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेटेर उनिहरुले हस्ताक्षर फिर्ता लिएको जनाएका छन् । पर्यटनमन्त्रीसहितका १० जना सांसदले अध्यक्ष नेपाललाई ८ बुदे मागसहित दलको बैठक बोलाउन माग गरेका थिए ।