काठमाडौँ–४ बाट चुनाव लड्दै इन्जिनियर आकर्षण पोखरेल

काठमाडौँ – दलहरु स्वार्थले गर्दा नेपालमा भ्रष्टाचार जताततै मौलाएको छ। दलको स्वार्थले गर्दा समाजमा राम्रो छाप छोडेका व्यक्तिहरुले अवसर पाएका छैनन्। केही परिचित अनुहारहरुले मात्रै नेपालको सत्ता समालेका छन्। पटकपटक सत्ता समालेपनि देशको हाल उस्तै छ। झन् खस्किदै गएको बोध सबैलाई छ।

यतिबेला दलको स्वार्थमा रुमलिनु भन्दा स्वतन्त्र भएर काम गर्न सहज हुन्छ भन्ने नेपाली जनताको विचार छ।  त्यसैले स्वतन्त्र उम्मेदवार रहेका बालेन , हर्क सम्पांग लगायर अन्य उम्मेदवारलाई जिताएका छन्। यतिबेला जनताले पार्टी भन्दा व्यक्ति हेर्न थालेका छन्। पार्टीको नेताहरुबाट जनतालाई खासै आशा छैन तर अब आउने स्वतन्त्र युवाहरुलाई नै जनताले समर्थन गर्न थालेको बुझिएको छ।

आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार बनेर इन्जिनियर आकर्षण पोखरेलले चुनाव लड्ने घोषणा गरेका छन्. काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा पोखरेलले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। सो क्रममा उनले गणितीय हिसाबले चुनावमा हार र जित देखिए पनि राजनीतिमा कहिल्यै नहार्ने बताए।

उनले पाँचवटा कुरालाई आफ्नो आधार मानेर अगाडि बढ्ने प्रण पनि लिएका छन्। उनको मोडेल हेर्दा केजरीवाला जसरी नै उदय हुने सम्भावना देखिएको छ। जनताहरु पोखरेलको उम्मेदवारी प्रति सकारात्न्मक भएको बुझिएको छ।