काठमाडौँको फोहोर थेगेको बन्चरे डाँडाका स्थानियलाई भेट्न मानिनन् मन्त्री झाँक्रीले, टाउको दुखेको भन्दै दिइनन् समय

सरकार र बन्चरे डाँडा स्थानीय संघर्ष समितिबीच दुई साताअघि भएको सहमति कार्यान्वयन नभएपछि कार्यान्वयनका लागि दबाब दिँदै स्थानीय संघर्ष समितिका संयोजक श्रीराम ढुंगानासहितका पदाधिकारी दिनहुँजसो प्रधानमन्त्री तथा मन्त्री परिषद्का कार्यालय र शहरी विकास मन्त्रालय धाउन थालेका छन् ।

बुधबार शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको कार्यकक्षमा पुगेको तर भेट गर्न नसकिएको जानकारी दिँदै संयोजक ढुंगाननले भन्नुभयो– ‘हिजो मंगलबार पनि हामी मन्त्रालय पुगेका थियौं । टाउको दुखेको भन्दै मन्त्रीले भेट दिनुभएन, सहमति कार्यान्वयन गर्न आग्रह गर्दै पत्र सचिवालयमै बुझाएर हामी फर्कियौं ।’ संघर्ष समितिले मंगलबार सम्झौता कार्यान्वयन गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पनि पत्र पठाएको छ ।

अब केही दिन कुर्ने, त्यस बेलासम्म पनि मागको सुनुवाई भएन भने फेरी फोहोर रोक्नुको विकल्प नभएको जिकिर गर्दै ढुंगानाले भन्नुभयो– ‘यतिका दिनसम्म हामी कहिले प्रधानमन्त्री कार्यालय, त कहिले मन्त्रालय धायांै, तर प्रतिफल शून्य छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

फोहोर अवरोध गरेपछि नगन्य मात्रामा कार्यान्वयन हुने गरेको थियो ।’सरकारले यसअघि पनि स्थानीय समितिसँग चरणबद्ध रूपमा सम्झौता गरे पनि कार्यन्वयन हुन सकेको थिएन ।