सरकारबाट बाहिरिने नेकपा एसको चेतावनी !

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल एक,दुई दिनभित्रै आफ्ना मन्त्रीहरु हेरफेर गराउने प्रयासमा जुटेका छन् । नेपालनिकट एक नेताका अनुसार, प्रधानमन्त्री शेरवहादुर देउवाले चाहेमा सकेसम्म २०७९ असार ८ गते बुधवारसम्म मन्त्रीहरु हेरफेर गराउने प्रयासमा माधव कुमार नेपाल लागेका छन् ।

उक्त प्रयासका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग अध्यक्ष नेपाल निरन्तर छलफलमा रहेका छन् । स्रोतका अनुसार, प्रधानमन्त्री देउवा सहमत भएका कारण यो साताभरीमा भने मन्त्रीहरु हेरफेर हुने भएको छ । एकीकृत समाजवादीले मन्त्री हुने ५ जना सांसदका नाम पहिला नै पठाइसकेको छ ।

भन्डै ५ सय जनाको केन्द्रीय कमिटी रहेको जसपामा बाबुराम भट्टराई पक्षले ४० प्रतिशत पुर्याउन सकेको छैन । ससदमा भने उनीहरुको ४० प्रतिशत पुगिसकेको छ ।

जसपा विभाजन भएपनि प्रधानमन्त्री देउवालाई दिएको विश्वासको मत भने कायम राख्ने भएकोले पनि देउवामा अहिले माधव नेपालप्रति नरम देखिएको पनि स्रोतको दाबी छ । माधव नेपालको सचिवालय स्रोतका अनुसार दुईदिनभित्र मन्त्रीहरुको सपथ गराउन देउवालाई माधव नेपाल अल्टिमेटम नै दिएका छन् ।