पुश्कल शर्मा र ६५ बर्षिय आमा माया काफ्लेको आवाजमा ‘रिडि बजार’ सार्वजनिक (भिडियोसहित)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । सोहि क्रममा ६५ बर्षिय आमा माया काफ्लेको नयाँ दोहोरी गित ‘रिडी बजार’ भखर्रै सार्वजनिक भएको छ ।

प्रसिद्ध दोहोरी गायक पुश्कल शर्मा र ६५ बर्षिय आमा माया काफ्लेको आवाजमा सजिएको उक्त गितमा पवन परियारको उत्कृष्ट शब्द सृर्जना एवम् रामु एस् केको संगित रचना रहेको छ । गीतको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ । एकेन्द्र साराशंकरको उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफीमा तयार भएको गितको म्युजिक भिडियोमा अनु शाह र देवेन्द्र बल्लुको डान्सिङ्ग फिचर एवम् अभिनय रहको छ ।

अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई नमराज घिमिरेले छांयाकन एवम् प्रकाश विश्वकर्माले सम्पादन गरेका छन् ।  अत्यन्तै रोचक र लोभलाग्दो वनेको उक्त गितको म्युजिक भिडियो Puskal Sharma को अफिसियल युटुव च्यानलबाट बजारमा सार्वजनिक भएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :

यो पनि :